आफ्नै प्रेमको दागबत्ती दिएर कसरी क्रिया गरौ : (कथा) "नकोरिएकि पात्र म"

shyane.com.np | 7:11 PM | 0 comments

मंसिर ९, अनु सुबेदी (अनु उनि), फुकुओका जापान, 
ऊ एउटा राईटर थियो उसले धेरै राम्रा सबैका मन छुने प्रेम कहानिहरु लेखेर फेसबुक पेज र पत्रिकाहरुमा धेरै नै छाप्ने गर्थ्यो, उसका शब्द र कथाहरुका  फ्यान धेरै थिए उसले सबैका मन छुने लेख्थ्यो । अरु  फ्यान जस्तै म पनि उसको कथाहरु र उसका शब्दहरुको एउटी फ्यान थिए हरेक दिन  फेसबुक स्टाटस हेरिरहन्थे र मनमनै मुस्कुराउथे कहिले काँही उसका शब्दहरुमा आफुलाई पाउथे तर धेरै उसकै कथाकी पात्र डल्ली हुने गर्थी कहिले काँहि सोच्ने गर्थे कस्ति होली त डल्ली ? के साँच्चै डल्लि होली त बास्तबिक जीवन मा के ऊ छे होली त ? के उसको कथाको लागी कोरिएको नाम मात्र हो त डल्ली ? आखिर को हो उसकी डल्लि ? मनमा सधै यस्तै यस्तै कुराहरु खेलिरहन्थे, डल्लिको मनमनै मनले नै चित्र कोर्ने गर्दथे र डल्लिलाई सिङ्गारी दिन्थे अनेक रङहरुले कहिले घुम्टो ओडाईदिन्थे, कहिले कुर्ता सुरुबालमा सझिएकी सोझीसाझी बनाईदिन्थे भने कहिले मिनिस्कट पहिराईदिएर सेक्सी बनाईदिने गर्दथे l 
 प्रेम त म उसलाई गर्थे तर उसलाई भन्दा बढी उसकी कथाकी पात्र डल्लि सँग बसेको थियो धेरै नै प्यारी बनेकी थिई डल्ली l कहिले काँही जलन हुने गर्थ्यो मलाई डल्लि सँग जो मेरो ऊ सँग कथामा प्रेमिका बनेकी हुन्थी सधैँ । एक मनले भन्थ्यो धत पागल्नी l त्यो त कथामा मात्र कोरीएको नाम हो डल्ली किन यस्तो जलेकी ऊ तेरै हो एक दिन तँलाई  लिन आउने छ तैँले डल्लिलाई मनमननै ओढाएको घुम्टो झिकेर तेरो सिँउदो  रङग्याउन, मनले यति भने पछी म मुसुक्क मुस्कुराउथे उसलाई सम्झेर अनि फेसबुकको म्यासेन्जरमा उसलाई केहि न केहि लेखेर म्यासेजले जिस्काउथे तर ऊ अनलाईन भएनि मेरो म्यासेजको बेवास्ता गर्थ्यो तर ढिला भए पनि रिप्लाई गरिरहन्थ्यो म त्यतिमै चित्त बुझाएर आफ्नो मन समाल्ने गर्दथे । ऊ नेपाल म जापान त्यति टाईम नमिल्ने दिउसोभरी काम गर्यो थकाई लागेको हुन्थ्यो यता सुत्ने बेला हुदा उता बल्ल खाना बनाउने सुरसारमा हुन्थे सबै तर पनि म ऊसँग बोल्नको लागी हरबखत तयार हुन्थे तर उसले बेवास्ता गर्दा म त्यसै निदाउने रहेछु बिहान बल्ल उसको रिप्लाई देख्थे अनि दुखी हुन्थे तर आफ्नो मन कसो कसो बुझाउथे काम गर्दै थियो होला, केहि कुरामा ब्यस्त थियो होला अनि नेपालको ईन्टरनेट पनि त त्यस्तै छ कति खेर राम्रो कति खेर घुमेको घुमेई तर उसको लागी मनमा प्रेम कहिल्यै घट्न दिईन सधै भरि एकनासले रहन दिए समुन्द्रको पानी जस्तै । कहिले काँही मात्र कुरा गर्थ्यौ तर म उसको म्यासेज र कलको पर्खाईमा रहिरहन्थे । 
अनलाईनमा भए पनि उसले कहिल्लै पहिला नबोलाउने सधैँ मै जबर्जस्ती बोलाउथे मन धेरैनै दुख्थ्यो तर ऊ सँग कहिल्यै गुनासो गरिन जब कल गर्थ्यौ तब उसले प्रेमको आश देखाउने गर्थ्यो मुख खोलेर नभए पनि शब्दहरुले म मख्ख पर्थे । प्रया म ऊ सँग उसकी कथाकी पात्र डल्लीको बारेमा कुरा गर्थे कथामै भए पनि ऊ मेरो प्रेमको बिचमा छे उसले कथामा डल्लिलाई खुब प्रेम गर्दथ्यो, जलन हुन्थ्यो भने कहिले काँही खुसी भएर डल्लिलाई प्रेम गर्दथे मेरो उसका कथाहरु डल्लि पात्रले गर्दा  पाठकहरुले खुबै रुचाईएका थिए उसको प्रगतीमा डल्लि पात्रको मुख्य भुमिका थियो सबैले उसलाई चिन्दथे र अहिले झन धेरैले चिन्ने भएको छ उसको प्रगति देख्दा मलाई खुब खुसी  मिल्थ्यो उसले प्रेम गर्ने सबै चिजलाई प्रेम गर्ने भएकी थिए र डल्लिलाई पनि । कहिले काँही लाग्थ्यो के साँच्चै डल्लि छ त कि कथाकि पात्र मात्र हो डल्लि र सोच्थे के म डल्ली र उसको बिचमा आएकी हु त ? मनमा यस्तै कुराहरु खेलेर मन अशान्त भईरहनथ्यो डल्ली को हो त ? उसले कहिल्यै भनेन डल्लीको बारेमा सधैँ कथाकी पात्र मात्र हो भनेर टारीदिन्थ्यो म चुपचाप मानिदिन्थे तर गुनासो गर्दिनथे ऊ सँग तर समयको खेलपनि कस्तो घुमाई फिराई डल्लिलाई मेरै सामु ल्याईदियो जे कुरा जान्न मेरो मन अशान्त भईरहन्थ्यो आज त्यै कुराको सबै उत्तर मैले एउटै ठाँउबाट पाए । उसको जस्तो त हैन तर साना साना कथाहरुको अलिअलि राइटर त म पनि थिए मैले ऊ, म र डल्लि सँग जोडीएको एउटा सानो कथा लेखेकी थिए मैले त्यो कथा आफ्नो फेसबुक पेज र केही ग्रुपहरुमा सेयर गरेकी थिए त्यो कथामा उसले पनि लाईक र कमेन्ट गरेको थियो सुईट स्टोरी भनेर उसको कमेन्टमा मैले लाईक गर्दै थिए अचानक उसको कमेन्टमा एउटा केटीको रिप्लाई देखे बधाई छ राईटर ज्यूँ , मेरो मनमा छुट्टै प्रकारको महसुस भयो कता कता चसक्क बिझाइ ऊ अन्जान केटी, उसको त्यो रिप्लाईले अनि उसको नाम किलिक्क गरेर उसको वालमा गय अनि सबै फोटाहरु सर्सर्ती हेरे केटी राम्री थिई सायद केमिकल प्रयोग गरिएका कस्मेटीक लाली पाउडर दलेर पनि होला म आफु यस्ता केमिकल प्रयोग गरिएका प्रोडक्ट प्रयोग गर्दिन त्यसैले पनि यस्ता प्रयोग गरेका केटीहरु कस्ता भनेर छुट्याउन त्यति सक्दिन । 
प्रसस्तै मात्रामा लाली पाउडर र गाजल प्रयोग भएका फोटाहरु थिए । कस्मेटीकको कमाल पनि होला र केही सुन्दर पनि होली सायद तर उसका दाँत सुबै मिलेका र  मिठो मुस्कान थियो त्यो केटीको प्रत्यक फोटोहरुमा उसका लाईक र कमेन्ट देखे प्रत्यक फोटोहरुमा गरिएका उसका कमेन्ट पढे जलन भयो उसले लबको रियाक्ट पनि गरेको थियो त्यो केटीको फोटोहरुमा मन समाल्न सकिन् ब्याक गर्न खोजे तर मेरो त्यो केटीको बायोग्राफीमा आँखा गए त्यहाँ लेखीएको थियो ' डल्लि ', म तिन छक परे अहिले सम्म मनमा उब्जिएका सबै प्रश्नको एकमुष्ट जवाफ पाए डल्लीको फेसबुक वालबाट डल्ली कथाकी पात्र नभएर उसको साँच्चैको जिन्दगीकी पात्र रहिछ । उसले कथामा मात्र नभएर बास्तबिक जीवनमा पनि डल्लिलाई जिबितै राखेको रहेछ म लुरी सधैँ उसलाई कथाकी पात्र मात्र सेचिरहे अनि उसको देखाबटी शब्दहरुमा फसिरहे । त्यो केटी अरु कोहि नभएर उसकी कथाकी पात्र डल्लि रहिछ हातबाट मोबाईल भुईमा झर्यो आँखाबाट आँशु गाला हुदै ओठ सम्म आएर मुख नुनिलो भयो मैले गरेको पबित्र प्रेम काँच सरि टुटिगयो l आँधी आयो, हुरी चल्यो सुनामिले लुटिगयो l पलभरमै मेरो प्रेममा प्रश्न चिन्न खडा गर्यो मेरो मनले तर जवाफ मैले दिन सकिन आफ्नै मनलाई । अब कसरी मारौ आफ्नो मुटु भित्र रहेको उसको प्रेमलाई ?? आफ्नै प्रेमको दागबत्ती  दियर कसरी क्रिया गरौ म ?? तर यस्तो प्रेमको पनि कसरी पुजा गरौ जुन प्रेम मेरो लागी थिएन र छैन पनि । म जीवन र मृत्युको दोसाँधमा परे सरह भए, सुकेको मुडो जस्तै जता पल्टायो उतै पल्टीने भए, जीवनमा कसैलाई प्रेम गरे त्यो पनि आज चार टुक्रा परिगयो ! देखेका सपनाहरु हुरि बनि उडाई लग्यो पलभरमै रित्तिए म, जसरी उसको प्रेमलाई आफ्नो मुटुबाट जन्म दिएकी थिए उसै गरी आफैले अब हत्या गर भन्दै छ यो मन मरेर जानु छ एकदिन कसै सँग खुसीले जिन्दगी जिउछु भन्ने सोचेको थिए तर सोचेको भन्दा फरक भैदियो हाम्रो सम्बन्ध ।
अनि जसो तसो मनलाई समालेर ऊ सँग भएका एकतर्फी मायाका म्यासेजहरु सबै डिलीट गरे भाईबरबाट उसको नम्बर डिलिट गरे अनि ग्यालरीमा उसको फेसबुक देखी डाउनलोड गरेर राखेका फोटाहरु डिलिट गरे अनि उसको र मेरो जोडेर राखेकी थिए फोटो फोनको वालपेपरमा त्यो पनि चेन्ज गरेर समुन्दरको किनारमा एक्लै बसेको मेरो फोटो राखे अनि आज बाट ऊ सँग  कुरा नगर्ने प्रतिज्ञा गरे मनले त कहाँ मान्छ र तर पनि उसलाई त भुलाउनै पर्छ जीवन लामो छ सधैँ भरी यकतर्फी माया गरेर आफुलाई जलायर  र आफ्नो मन कुडाएर कति दिन चल्छर अब म  बिर्सन बाहेक अर्को बिकल्प पनि त छैन भनि सबै तिर बाट हटाए उसलाई तर मन र  फेसबुकबाट हटाउन सकिन, दिन आएपछि त्यो पनि गर्नेछु । मोबाईमा बिहानको काम जाने टाईम आर्राम सेट गरेर मोबाईलाई सिरान माथिको टेबलमा राखी ब्ल्याङकेटले मुख ढाकी निदाउने कोसिसमा लागीपरे ।।।



via IFTTT

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update