उत्तम भण्डारीको शब्द संगीतमा प्रकाश ओझाको पुनरागमन (भिडियो सहित)

shyane.com.np | 7:52 AM | 0 comments

कार्तिक २०, इटहरी,
बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गीतकार संगीतकार उत्तम भण्डारीले उनको नयाँ एल्बम उमंगको एउटा भिडियो सार्वजनिक गरेका छन । यसपाली मैले बोलको  कमेडी शैलिको यस गीतमा भण्डारीले केही समयका चर्चित गायक प्रकाश ओझालाई पुनरागमन गराएका छन । 
किन रुन्छ मन बोलको चर्चित  कारुणिक भाबको गीत गर्न सफल भण्डारीले यसपाली भने कमेडी धारलाई समातेको देखिन्छ । हरेक किसिमका गीतहरु लेख्न र संगीत भर्न माहिर बहुप्रतिभाशाली उत्तम भण्डारीको यो गीत पनि सफल हुने र श्रोता दर्शकले मन पराउने कुरामा उनी आशाबादी रहेका छन । 
रेश्मा तिमील्सिना, सन्त कुमार राई, सविन लिम्बुको अभिनय, कुन्साङ राइको स्रिंगार, पासाङ शेर्पाको छायांकन, राज कुमारको सम्पादन अनि अनिता श्रेष्ठको निर्देशन रहेको प्रस्तुत  गीतको भिडियो राम्रो बनेको भण्डारी बताउछँन । एल्बमको अरु गीतहरुको पनि काम भइरहेको र छिट्टै एक समारोह बिच एल्बम सार्वजनिक गरिने उनी जानकारी दिन्छन । 
भिडियो :




via IFTTT

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update