कुलमानलाई एक्कासी राजीनामा दिने झोंक उठेपछि…कारण यस्तो छ

shyane.com.np | 9:15 AM | 0 comments

जेठ २९, काठमाडौं । करिब २ महिना अघि मात्र निधन भएका जलविद्युतका पायोनियर डा.हरिमान श्रेष्ठका अनुसार नेपालका नदीनालाबाट करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सम्भव छ ।

नेपाल ब्राजील पछिको विश्वकै दोस्रो जलस्रोतको धनी देश भएको विभिन्न अध्यनहरुले देखाएका छन् । तर, अफसोच नेपाली जनताले नेपालमा उत्पादन भएको जलविद्युतले उज्यालोको धित मार्न सकिरहेका छैनन् । ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना भएको यो मूलुकमा आजको दिनमा करिब १४ सय मेगावाट विद्युत भए पुग्ने विद्युत प्राधिकरणको भनाई छ ।

विद्युत विकास विभागको तथ्यांक अनुसार हाल नेपालमा करिब ८९४.३५९ मेगावाट विद्युत उत्पादन भैरहेको छ । जसमा विद्युत प्राधिकरणबाट ४६६.०७ मेगावाट र निजि क्षेत्रबाट ४२८।२८५ मेगावाट विद्युत उत्पादन भैरहेको छ । विद्युत विकास विभागका अनुसार नेपाल विद्युत प्राधिकरणको उत्पादन निजि क्षेत्रको उत्पादन भन्दा धेरै भएको यो पहिलो पटक हो ।

यसरी हेर्दा नेपालमा जम्मा ८९४.३५९ मेगावाट मात्र विद्युत उत्पादन हुदै आईरहेको छ । दैनिक करिब १४०० मेगावाटको माग आपुर्ति, भारतबाट निर्यात गरिएको ४०० मेगावाट विद्युतले पुर्ति गरिरहेको विद्युत प्राधिकरणले जनाएको छ । विश्वमै दोस्रो जलस्रोतको धनी देशका नागरिकले करिब १० महिना अघि दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङको चर्को मार खेप्न बाध्य भएका थिए । नेपाल विद्युत प्राधिकरण भित्रको चरम लापरवाही, विद्युत चोरी, व्यवस्थापनको कमजोरी र विद्युतको कालो बजारीले नेपाली नागरिक लोडसेडिङको मार खेप्न बाध्य भएको यो १० महिनाको अभ्यासले पुष्टी गरिसकेको छ ।

यो १० महिनामा लोडसेडिङ अन्त्य हुने गरी कुनैपनि त्यस्ता जलविद्युतका नयाँ योजना सम्पन्न भएका पनि होईनन् । काठमाडौंबाट सुरु भएको लोडसेडिङ अन्त्य अभियान पोखरा, विरगञ्ज चितवन हुदै नेपालभरनै फैलिन पुगेको छ । आँखिर कसरी सम्भव भयो त लाडसेडिङ अन्त्य ? उत्तर सजिलो छ, लोडसेडिङ अन्त्यका मुख्य योजनाकार हुन नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ । उनै कुलमान घिसिङको कुशल व्यवस्थापनको कारणले आज हरेक नेपालीले उज्यालो पाउन सम्भव भएको हो ।

को हुन कुलमान घिसिङ ?

रामेछापको दुर्गम गाउँ बेथानमा जन्मिएर टुकीको उज्यालोमा आफ्नो भविष्यको उज्यालो गोरेटो कोरेका कुलमानले आज लाखौ नेपाली नागरिकलाई उज्यालो प्रदान गर्न सफल भएका छन् । काठमाडौं आएपछी पहिलोपटक बिजुली देखेका उनै कुलमान आज लोडसेडिङ अन्त्य गर्ने अभियन्ता बनेका छन् । पढाईमा अब्बल रहेका कुलमान सँधै प्रथम स्थान हाँसील गर्न सफल हुन्थे । काठमाडौंमा पहिलोपटक बिजुली देखेका कुलमानले उतिबेलै बेथानसम्म बत्ती लैजाने प्रण गरेको सम्झन्छन् । आज कुलमानले बेथान मात्र होईन मूलुकभरनै उज्यालो बनाउने महाअभियानको नेतृत्व गरेका छन् ।

एसएलसी पश्चात अमृत साइन्स क्याम्पसमा आइएस्सी अध्यन गरेका कुलमान तत्पश्चात छात्रवृत्तिमा अध्यन गर्न भारतको जम्सेदपुर पुगे । सन् १९९४ मा भारतबाट वीएस्सी इलेक्ट्रीकल इन्जिनियर पास गरेर कुलमान नेपाल फर्किएका हुन् ।

करिब २०५१ सालमा कुलमानले नेपाल विद्युत प्राधिकरणमा सातौ तहवाट जागिर सुरु गरेका हुन् । जागीरसँगै पुल्चोक इन्जिनियरिङ कलेजमा अध्यनलाई पनि जारी राखेका कुलमानले ‘पावर सिस्टम इन्जिनियरिङमा’ मास्टर्स र ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्टमा’ थेसिस गरेका छन् । उनको पढाई र कामको एकरुपता मिलेकाले पनि कुलमान सफल भएका हुन् । पोखरा विश्वविद्यालयबाट एमवीए समेत गरेका कुलमान इन्जिनियर मात्र नभएर कुशल व्यवस्थापक पनि हुन् । जुन उनले कामले पुष्टी गरीसकेका छन् ।

सन् २००५ देखि लोडसेडिङ हुन्छ भनेर कुलमानले पहिले अनुमान लगाइसकेको बताउदै आएका छन् । भारतमा पढेर आइसकेपछि कुलमानले एकैपटक ३ ठाँउमा नाम निकालेका थिए । विद्युत प्राधिकरणको अलवा अहिलेको (उर्जा) त्यतिवेलाको जलस्रोत मन्त्रालय र हवाई विभागमा समेत उनले नाम निकालेका थिए । तर, जलस्रोत मन्त्रालय र हवाई विभागमापेपर वर्क धेरै र प्राक्टिकल कम हुने भएकाले घिसिङले प्राधिकरण रोजेको बताउछन् ।

प्राधिकरणमा लामो समय काम गरेपनि कुलमानले नितिगत तहमा भने काम गर्न पाएका थिएनन् । कुलमानको अब नितिगत तहमा जाने कुनै सोंच नरहेको तर अहिले आफूले पाएको प्मलेटफर्मनै आफ्नो क्षमता देखाउने स्थान रहेको उनको तर्क छ । प्राधिकरणमा दशौ तहको जिम्मेवारीमा काम गरिरहेका कुलमानको जिवनले त्यतिखेर नयाँ मोड पायो जब उनले चिलिमेको जिम्मेवारी पाए । त्यसपछी कुलमानको नयाँ अध्यायनै सुरु भयो । चिलिमे परियोजनालाई अपेक्षित समय अगावै सम्पन्न गर्न सफल कुलमानले मेहेनेत गरियो भने स्वदेशको स्रोत साधनले परियोजना सफल मात्र होईन स्थानीय समेत लखपती हुन्छन भन्ने कुरा प्रमाणीत भएको छ ।

तर, दुर्भाग्य भनौ जनताको मनमुटुमा बस्न सफल कुलमानको जनप्रिय काम नितिगत तहमा बसेकाहरुलाई मन परेन र उनी केन्द्रमा तानिए । प्राधिकरणको केन्द्रमा उनी भुमिका विहिन बनाईए । सँधै जनताको लागि काम गर्न चाहाने कुलमानको दैनिकि कार्यालय जाने र घर फर्कने बाहेक अरु कुनै भएन । उनी राजीनामा दिने मनस्थितिमा नपुगेका पनि होईनन् । त्यसरी राजीनामा दिन खोज्नु उनको रहर थिएन । सरकारी जागीर त्यसमा पनि अवकास पाउन उनको १२ बर्ष त बाँकीनै थियो । तर, आफूसँग भिजन छ जनता लोडसेडिङले आक्रान्त छन् विद्युत क्षेत्रमा कालो बजारी हरेक दिन मौलाईरहेको छ, जिम्मेवारी शुन्य छ त्यसैले उनलाई राजीनामा दिन झोंक उठेको उनको भनाई छ ।

नेपाली जनताको भाग्यलेनै होला करिब १० महिना पहिले सरकारले उनलाई विश्वास गरेर प्राधिकरणको निर्देशक बनायो । तर, उनलाई कनिष्ठ भनेर सिखिट्युरी गर्नेहरुको भिडै लाग्यो । विद्युत चोरदेखि कालोबजारीसम्मको निन्द्रा हरायो । घिसिङले २ महिनामै सुधारका लक्षणले उनीहरुलाई गतिलो झापट दिन सफल भए । ४७ बर्षिय कुलमान प्राधिकरणको निर्देशक नियुक्त हुँदा उनको अत्यन्तै बिरोध भयो । कुलमान बिरुद्ध अनेकन गरियो, उनलाई कार्यालय प्रबेशमा रोक लगाउनेसम्मका हर्कत भए । तर अबिचलित कुलमान आफ्नो कर्ममा निरन्तर लागिरहे । त्यसैले त आज चारैतिर वा वा बटुलीरहेका छन् कुलमान ।

सतीले सरापेको देश न हो यो जतनालाई उज्यालो दिने उनै कुलमानको आज निरन्तर खुट्टा तान्ने काम भैरहेको छ । अनेक बहानामा कुलमानलाई असफल बनाउन एउटा गिरोहनै सक्रिय रुपमा लागिरहेको छ । एकथरीले कुलमानले एलइडी बल्बमा अनिमियता गर्यो भनेर मिडियाबाजी गरिरहेका छन् । कुलमान पत्रकार सम्मेलनमा आँशु झार्दै आफूले गल्ति गरेको भए फाँसीमै झुण्डिन तयार रहेको बताईरहेका छन् । उनले नेपाली जनतालाई उज्यालो नियमित प्रदान गर्न अनेक किसिमका योजना अघि सारीरहेका छन् ।

अबको ६ महिनामा उनी भारतलाई बिजुली निर्यात गर्ने महत्वकांक्षी योजना ल्याइरहेका छन् । कुलमानको कुशल व्यवस्थापनले विद्युत चोरी २२ प्रतिशतमा झरेको छ । अहिले देशमा बढेको आर्थीक वुद्धीदरको मुख्य कारण लोडसेडिङको अन्त्यनै हो । त्यसैले जनताका असली नायक कुलमानको बिरोध होईन समर्थन गर्नु आजको अवस्यक्ता हो ।

हो उनले कुनै काम गर्दा प्रक्रिया नपुर्याएका होलान । प्रक्रिया नपुगेको ठाँउमा उनका कमजोरीलाई शिष्ट र मर्यादित ढंगले उठाईदीनु उपयुक्त हुन्छ । कुलमानको अभियान यो या त्यो बहानामा रोकियो भने नेपाली जनताका अँध्यारा दिन फेरि सुरु नहोलान भन्न सकिदैन । त्यसैले आ–आफ्नो स्थानमा सबै संयमयीत बन्नुमै सबैको कल्याणको बाटो हो ।Dainik Headlines

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update