यिनै हुन् डिएसपी रबिन कार्की जस्लाई गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा हेडक्वार्टरमा तानियो

shyane.com.np | 8:24 PM | 0 comments

दोलखा – चुनावी झडपका क्रममा जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको घटनामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पूर्व राज्य मन्त्री र जिल्ला अध्यक्ष सहितका नेतालाई हत्या मुद्धा चलाएपछि गृहमन्त्रीको दबाबमा दोलखाका प्रहरी प्रमुख डिएसपी रविन कार्की ‘हेडक्वार्टर’ तानिएका छन्।

गत वैशाख २६ गते गौरीशंकर गाउँपालिका २ स्थित जुँगुको रेशमडाँडामा माओवादी केन्द्र र एमालेका कार्यकर्ता बीच भएको झडपमा ज्यान गुमाएका एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या सम्बन्धी मुद्दामा माओवादीका शिर्ष नेताहरुलाई मुद्दा चलाएपछि गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले कार्कीलाई सोमबार बिहान हेडक्वार्टर तानेको हो।

गत वर्षको भदौमा जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका कार्कीलाई आफ्नो कार्यकाल ९ महिना पुरा नहुदै एउटा हत्या मुद्दामा माओवादीका शिर्ष नेता समेत मुछिएपछि गृहमन्त्री शर्माको दबाबमा सरुवा गरिएको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिएसपी रामेश्वर कार्कीलाई खटाएको छ । हेडक्वार्टर तानिएका कार्कीलाई प्रहरी प्रधन कार्यालयको अपराध अनुसन्धान महाशाखामा हाजिर हुन आदेश गरिएको छ।

उक्त घटनामा ज्यान गुमाएका कुलबहादुर एमाले वडा सदस्य गोरे तामाङका छोरा हुन् । घटनामा संलग्न रहेको अभियोगमा पीडित परिवार र एमाले जिल्ला नेतृत्वले माओवादी स्थायी कमिटि सदस्य गंगा कार्की, पूर्व राज्य मन्त्री एवं पोलिटब्युरो सदस्य देवी खड्का, जिल्ला सह ईन्चार्ज विशाल खड्का सहित जुँगु र आसपासबाट प्रतिनिधित्व गर्ने ४० जना नेता कार्यकर्तालाई घटनाकै भोलीपल्ट किटानी जाहेरी दिएको थियो । प्रहरीले ९ जनालाई पक्रेर जिल्ला अदालतमा किटानी जाहेरी परेका सबै विरुद्ध सरकारी वकिल मार्फत गत साता मुद्दा दायर गरेको थियो ।

अदालतमा पेश भएका ९ जना सामन्य तारेखमा छुटिसकेका छन भने शिर्ष नेताहरु फरार सुचीमा छन् । उनिहरूका नाममा आइतबार जिल्ला अदालतले वारेण्ट जारी गरेको छ ।

एमालेले राजनितिक प्रतिशोध साँध्न घटनामा संलग्नै नरहेका आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएको भन्दै मुद्दा नचलाउन माओवादी केन्द्रका नेताहरुले डिएसपी कार्की र जिल्ला न्यायधिवक्ता कैलाश दाहाललाई दबाब दिदै आएका थिए । एमाले र माओवादीको लगातार दोहोरो दबाबको चेपुवामा परेको प्रहरी र सरकारी वकिलले अन्तिममा पूर्व राज्यमन्त्री एवं नेतृ खड्कालाई मुख्य अभियुक्त र र ३९ जना आरोपितहरुलाई हत्यामा संलग्न रहेको अभियोगमा प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

प्रचण्डका ‘पिएसओ’ अन्तत: माओवादीकै तारो बने
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षामा लामो समय खटिएका डिएसपी कार्की गत वर्ष ईन्सपेक्टरबाट बढुवा भएको केही महिनामै पहिलो पटक जिल्ला प्रहरी प्रमुखका रुपमा गत भदौमा दोलखा खटिएका थिए।

दोलखा खटिएदेखि माओवादीको सेटिङमा आएको आरोप लगाउँदै एमाले उनी संग सशंकित हुँदै आएको थियो । गत स्थानीय चुनावमा एमालेको जिल्ला नेतृत्वले कांग्रेस र माओवादीलाई सहयोग गरेको आरोप उनलाई लगाएको थियो । स्रोतका अनुसार निर्वाचनको दिन एमाले सांसद आनन्द पोखरेल संग टेलिफोनमा उनको चर्काचर्की समेत परेको थियो । माओवादीका नेताहरु विरुद्ध जसरी पनि मुद्दा चलाउन एमालेले उनलाई विभिन्न माध्यमबाट दबाब दिदै आईरहेको थियो।

माओवादी केन्द्रले समेत एमालेले राजनितिक प्रतिशोध साँध्न आफ्ना नेता विरुद्ध किटानी दिएकाले मुद्दा नचलाउन दबाब दिँदै आएको थियो । जिल्ला नेतृत्वले गृहमन्त्रीलाई तत्काल सरुवा गर्न दबाब दिएका कारण शुक्रबार पक्राउ परेकाहरु अदालतबाट सामन्य तारेखमा छुटेको ३ दिन पछि डिएसपीको सरुवा भएको हो।

वारेण्ट जारी भएका एक पक्राउ
घटनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर भई फरार रहेका वाईसिएल कार्यकर्ता बिष्णु पाख्रिनलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

आइतबार जिल्ला अदालतले जुँगु घटनाका फरार अभियुक्तहरुका नाममा वारेण्ट जारी गरी लगतै सोमबार उनलाई रामेछाप प्रहरीले मन्थलीबाट पक्राउ गरेको हो । नागरिक न्युजबाट साभार

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update