फुटबल : नेपाल भर्सेस भारत (लाइभ)

shyane.com.np | 8:15 PM | 0 comments

काठमाडौं, जेठ २३ – एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ ।

एसियन कपको तयारीमै रहेको भारतकै निमन्त्रणामा नेपाल भारतसँग मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलिरहेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस्

यस्तो छ इतिहास

भारत र नेपालबिच पछिल्लो पटक साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा खेल भएको थियो । त्यसपछि पहिलो पटक दुई देशबिच खेल भइरहेको हो । सन् २०१६ मा अपराजित रहेको नेपाली टोली पछिल्लो पटक साढे तीन महिनाअघि एसियन कप छनौटको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपाली टोली फिलिपिन्ससँगको त्यो हारपछि अब बाहिर निस्कने लक्ष्यका साथ मुम्बई पुगेको छ ।

तर फिफा बरियतामा नेपाल (१६९) भन्दा ६९ स्थान माथि रहेको भारत (१००) सँगको खेल नेपालका लागि सजिलो भने छैन । भारतसँगको खेल सजिलो नरहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । १५ महिनाअघि नेपाली टोली सम्हालेका कोजीको नेतृत्वमा नेपालले पहिलो पटक भारतसँग खेलिरहेको हो । नेपालका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले अहिले भारतीय टिम सम्हालेका छन् । उनको प्रशिक्षणमा भारतले पछिल्ला पाँच खेलमा सबै जित निकालेको छ । नेपालले पछिल्ला पाँच खेलमा तीनमा जित तथा एकमा हार र एकमा बराबरी गरेको छ ।

यहि जेठ ३० गते अर्थात आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्नका लागि तयारीमा रहेको नेपालका लागि भारतसँगको खेल निकै महत्वपूर्ण छ । भारतले पनि त्यही दिन बैंगलोरमा किर्गिस्तानसँग खेल्ने छ ।

नेपाल भर्सेस भारत : विगत

नेपाल र भारतबिच अहिलेसम्म १८ पटक खेल भएको छ । त्यसमा इतिहास नेपालको पक्षमा त्यति राम्रो छैन । यसमा नेपालले मात्रै दुई खेल जितेको छ । यस्तै १२ खेलमा भारत विजयी भएको छ । चार खेल भने बराबरीमा सकिएको छ । नेपालले अहिलेसम्म भारतलाई उसको मैदानमा हराउन सकेको छैन । भारतसँग भएका पछिल्ला चार खेलमा नेपालले एक खेल पनि जितेको छैन । दुई खेलमा भारत विजयी भएको छैन भने दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भएको खेलमा भारतले नेपाललाई ४–१ ले हराएको थियो । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ को साफ च्याम्पियनसिपमा हराएको थियो । घरेलु मैदानमा भएको खेलमा नेपालले भारतलार्ई २–१ ले हराएको थियो । त्यसपछि भारत नेपालसँग अपराजित छ ।

टिमको अवस्था

नेपाली टोलीका पहिलो रोजाइका लेफ्ट ब्याक रविन श्रेष्ठ चोट तथा रजिन धिमाल फिलिपिन्ससँगको खेलमा पाएको रातो कार्डका कारण यो खेलका लागि उपलब्ध छैनन् । विराज महर्जनको कप्तानीमा रहेको २० सदस्यीय नेपाली टोलीमा मिडफिल्डर हेमन्त थापामगर र लेफ्ट–ब्याक विमल बस्नेतले पहिलोपल्ट राष्ट्रिय टिममा अवसर पाएका छन् । यस्तै गोलरक्षक विशाल श्रेष्ठले पनि पहिलो पटक अवसर पाएका छन् । फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर देवेन्द्र तामाङ तथा मिडफिल्डर सुमन लामाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । यस्तै भारतका नियमित कप्तान सुनील क्षेत्री यो खेलमा हुने छैनन् । उनको ठाउँमा भारतीय टिमको कप्तानी गुरप्रित सिंह सान्धुले गर्ने छन् ।

प्रशिक्षकको प्रतिक्रिया

नेपालका पूर्वप्रशिक्षक (सन् १९९९–२००१) कन्स्टेन्टाइनले खेलअघि भएको पत्रकार सम्मेलनमा नेपाल कडा प्रतिस्पर्धी रहेको बताएका छन् । नेपाल निकै मेहनती टिम रहेकाले उससँगको खेल कडा हुने उनले बताए । तर जितको आशा रहेको उनको भनाई छ । नेपाली टिमका प्रशिक्षक कोजीले भने भारतसँगको खेल कठिन रहेको तर आशा पनि नछोडेको बताएका छन् । यो खेलले नेपाली टोलीमा सुधार आउने उनको आश छ । ujyaaloonline

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update