यी हुन् ब्रिटिश गोर्खामा कार्यरत नेपाली चेली ब्रिटिश आर्मी हरु

shyane.com.np | 12:06 AM | 0 comments

नेपाल आएको वेला ‘उता के काम गछ्र्यौ’ भनेर सोध्नेहरूलाई ‘ब्रिटिश आम्र्ड फोर्सेस्मा छु’ भन्दा धेरैले उनलाई ‘लाहुरेनी’ अर्थात् कुनै ब्रिटिश गोर्खा सैनिककी श्रीमती ठान्छन् ।

तर, सन् २००४ देखि ब्रिटिश सेनाको प्यारा रेजिमेण्टमा कार्यरत पविन राई (२९) गोर्खाली होइन गोराहरूको पल्टनमा छिन् । केन्या, साइप्रस र फ्रान्सका बङ्करहरूमा खटिसकेकी उनी दुईपटक त अफगान युद्धमै लडिसकिन्

हङकङमा जन्मेकीले ‘ब्रिटिश ओभरसिज न्यासनल पासपोर्ट’ पाएकी धरान–११ की पविन यही नाताले बेलायती सैनिक सेवामा प्रवेश गरेकी हुन् ।

त्यतिवेला धरानमा भएका उनका भूपू ब्रिटिश गोर्खा बाबु इन्द्रबहादुर र आमा प्रमिलाले ब्रिटिश सेनामा भर्ती भएको कुरा नपत्याएकाले आर्मी सर्टिफिकेट नै पठाउनु परेको उनी रमाइलो मान्दै सम्झ्न्छििन् ।

पविन बेलायती नागरिकसरह ब्रिटिश सेनामा भर्ना हुने पहिलो लटको नेपाली युवती हुन् । अहिले चित्रा श्रेष्ठ, रजनी गुरुङलगायत अरू केही युवती पनि थपिएका छन् ।

ब्रिटिश रक्षा मन्त्रालयले गोर्खा पल्टनमा पनि महिला सैनिक लिने निर्णय गरेको थियो, तर पछि अव्यावहारिक हुने भनेर स्थगित गरेको छ ।

रेजिमेन्टका साथीहरूका साथ पविन र चित्रा श्रेष्ठ (दायाँ), अफगानिस्तान ।
आफूलाई केटाहरू भन्दा कमजोर नठान्ने पविनलाई सानो छँदा प्रहरी निरीक्षक बन्न पाए गजब हुन्थ्यो भन्ने लाग्थ्यो । हरदम फरक काम र पहिचानको ध्याउन्नमा हुने उनी कराँते र फूटबलको राम्रै खेलाडी पनि बनिन् ।

बेलायती सैनिक सेवा यही सोचको नतिजा थियो । भर्तीपछिको कठोर तालिममा देब्रे खुट्टा भाँच्चिएर लामो समय थला परे पनि पविन दुई वर्षमै लान्स कर्पोरलमा बढुवा भइसकेकी छन् ।

सन् २००८ को ‘अफगानिस्तान अपरेशन’ पविनको सैनिक जीवनमा सबैभन्दा पीडादायी हुनपुगेको थियो । त्यसवेला ६ महिना लड्दा आफ्नै युनिटका तीन साथी तालिवानको निशाना बने, यस वर्ष पनि दुई सहकर्मी घर फर्कन पाएनन् ।

अफगानिस्तानबाट हङकङमा दिदीहरूसँग छोटो छुट्टी मनाउन आएकी पविनले हिमाल सँग भनिन्, “सैनिक जीवनमा कति वेला के हुन्छ, अनुमान लगाउनै सकिँदैन ।”

ब्रिटिश आम्र्ड फोर्सेस्मा महिला र पुरुष सैनिकको जिम्मेवारी समान भए पनि पारिवारिक सुविधा महिलाले बढी पाउँछन् । पविनकै कुरा गर्दा, अहिले उनले प्रति महिना ३ हजार पाउण्डको हाराहारीमा तलब बुझिछन् ।

२२ वर्षको नोकरी अवधि पूरा गरेपछि नेपालमै फर्किने उनको विचार छ । भन्छिन्, “काम जहाँ गरे पनि मन त नेपाली नै हो ।”

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update