नायिका रेजिना उप्रेती ६ महिनाको छोरी चेपेर किन गइन् धमलाको रिपोर्टस् क्लव ?

shyane.com.np | 10:12 PM | 0 comments

काठमाडौँ, २७ जेठ । कुनै समयकी व्यस्त नायिका यति बेला आफ्नी ६ महिनाको छोरी हुर्काइरहेकी छिन् । तर बुधबार अचानक आफ्नो ६ महिनाको छोरी बोकेर उनी ऋषि धमलाको रिपोर्टस् क्लवमा पुगिन् ।

उनी रिपोर्टस् क्लव भने अरु कारणले होइन, गायक अजय तामाङ्गको ‘कान्छीले’ गीतको म्यूजिक भिडियो विमोचन गर्न पुगेकी हुन् । उनी श्रष्ट्रा प्रतिष्ठान नेपालको आयोजनामा गरिएको गीत विमोचन तथा कवि गोष्ठी कार्यक्रमको प्रमुख अतिथि समेत बनेकी थिइन् ।

गायक अजयको ‘कान्छीले’ को म्यूजिक भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । म्यूजिक भिडियोमा कमल सिंह र अक्षता राईले अभिनय गरेका छन् । गायक आफैले यसको शब्द र संगीत तयार पारेका हुन् । सोही कार्यक्रममा मिडिया एनपीका अनिल पंगेनी र रेजिना उप्रेती विचको कुराकानी हेर्नुहोस् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update