साउदी अरबले भन्यो कतारलाई हामी कतारमाथि प्रतिबन्ध हटाउन तयार छौ तर…

shyane.com.np | 11:31 PM | 0 comments

साउदी अरबका विदेशमन्त्री अदेल अल जुबैरले जबसम्म कतारले आफ्ना नीतिमा परिवर्तन गर्दैन तबसम्म उनको देशले कतारसँग कुनै प्रकारको सम्बन्ध नराख्ने बताएका छन् ।

जुबैरले भने, ‘कतार संसारको सबैभन्दा धनी मुलुकमध्येको एक हो । उमाथि आर्थिक प्रतिबन्धले केही असर पुर्याउँदैन । हामी कतारमा बसिरहेका आफ्ना भाइहरुलाई यो सन्देश दिन चाहन्छौं कि यदि उनीहरु हामीसँग राम्रो सम्बन्ध चाहन्छन् भने उनीहरुले हामीसँग सामान्य तरिकाले प्रस्तुत हुनुपर्छ । कतार र कतारका मानिसहरुलाई कसैले पनि हानी पुर्याउन चाहँदैनन् ।’

हवाई क्षेत्रमा प्रतिबन्धका कारणः कतारलाई पाठ पठाउन

जुबैरले भने, ‘हामीले स्पष्ट पारेका छौं । तर हामीले यो पनि स्पष्ट रुपमा भनेका छौं कि जबसम्म नीतिमा कुनै परिवर्तन हुँदैन तबसम्म स्थितीमा सुधार आउँदैन । हामी उनीहरुलाई हाम्रो आकाशमा उड्न दिँदैनौं जुन हाम्रो अधिकारको कुरा हो । यसले एक सन्देश जान्छ । राजनयिक सम्बन्ध समाप्त गर्नु पनि एक स्वतन्त्र अधिकार हो र यसले पनि एक सन्देश जान्छ ।’

मिडियाको हस्तक्षेप सह्य छैनः

जुबैर भन्छन्, ‘कतारी भाइहरुले लगातार चरमपन्थलाई बढावा दिन सक्दैनन् र आफ्नो मिडियामार्फत अरु देशको मामलामा हस्तक्षेप गर्न सक्दैनन् ।’

यसैबिच अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी देशबिच बिग्रिरहेको सम्बन्धका बिच आफ्नो मेक्सीको यात्रा रद्द गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले आफूहरुले व्यक्तिगत भेटघाटको मद्दतले यस क्षेत्रमा जारी तनावलाई कम गर्ने कोसिस गरिरहने बताएको छ ।

साभार :- रातोपाटि

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update