जन्मजातै शाकाहारी हुन् छुल्ठिम, यी सेलिब्रेटीले पनि माछामासुलाई लगाउँदैनन् हात

shyane.com.np | 12:27 PM | 0 comments

प्रेम गीत अभिनेता प्रदीप खड्का हाल सिनेमा ‘प्रेमगीत–२’ को लागि शरीर बनाउनमा व्यस्त छन् । प्रदीपले यतिबेला सिक्स प्याक बनाउनको लागि खानपान र शारीरिक व्यायाममा जोड दिईरहेका छन् । सिनेमामा आफ्नो आकर्षक लुक्स देखाउनको लगि उनी भेजबाट ननभेज बनेका छन् । तौल बढाउनको लागि प्रोटिनको कमी भएका कारण उनले माछा मासु खान थालेका हुन् । हुन त उनी कहिल्यै पनि मासु नखाने मान्छे भने हैनन् । उनी बाल्यकालमा मांशहारी नै थिए । कक्षा ९ मा पढ्नेताका उनले आफूलाई शकाहारी बनाएका हुन् । मासु खान छाडेको १० वर्ष पछि उनले सिनेमाकै लागि खान थालेका छन् । तर उनले सिनेमाको काम सकिएपछि फेरि मासु नखाने सोच पनि बनाएका छन् । शाकाहारीबाट माशारी बनेका प्रदीपको यो प्रसंगमा आज हामी तपाईँलाई नेपाली सिनेमा क्षेत्रमा भएका पूर्ण रुपमा साकाहारी सेलिब्रेटीको बारेमा जानकारी दिँदैछौँ ।

दीपकराज गिरी
अभिनेता दीपकराज गिरी पनि शाकाहारी हुन् । पछिल्लो समयमा नेपाली सिनेमाका सफल अभिनेताको रुपमा स्थापित भएका उनी माछा मासुको सट्टा शाकाहारी खानाहरुलाई प्राथमिकता दिन्छन् ।

दीपाश्री निरौला
दीपक जस्तै निर्देशक दीपाश्री निरौला पनि शाकाहारी सेलिब्रेटीमा पर्छिन् । उनी माछा मासु भनेपछि टाढै बस्न मन पराउँछिन् । माछा मासु नखाने उनी पनिर आईटम धेरै खान्छिन् । उनलाई पनिर चिल्ली, पनिर ग्रेभी, पनिर टिक्का लगायत आईटमहरु एकदमै मन पर्छ । त्यस्तै उनी सागपात र फलफुलमा पनि जोड दिन्छिन् । दीपाश्री शाकाहारी भएको २० वर्ष भईसकेको छ ।

निशा अधिकारी
अभिनेत्री निशा अधिकारी पनि पूर्णरुपमा शाकाहारी हुन् । उनी माछा मासुबाट टाढै रहन्छिन् । तर सागपात भनेपछि उनी हुरुक्कै हुन्छिन् । निशालाई मन पर्ने खाने कुरामा रायोको साग पर्छ । उनी रायोको साग धेरै खान्छिन् । उनी आफू फिट र सुन्दर हुनुमा रायोको सागको ठूलो भूमिका रहेको पनि बताउँछिन् । उनी आफ्नो स्वास्थ्य र सुन्दरतालाई बचाउन फलफूल र सागपातलाई नै जोड दिन्छिन् ।

दीलिप रायमाझी
अभिनेता दिलिप रायमाझी भात खानमा माहिर छन् । उनलाई भात धेरै खाने अभिनेताको रुपमा पनि धेरैले चिन्छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका उनलाई साथीहरुले फोन गरेर पनि भात कत्तिको मिस गरेको छस् ? भनेर सम्म जिस्काउदै सोध्छन् । भात धेरै खाने दिलिप माछा मासुबाट भने टाढै रहन्छन् । अर्थात उनी पनि शाकाहारी हुन् । स्वास्थ्यलाई मध्यनजर गर्दै उनले पनि सागपात र फलफूललाई प्राथमिकता दिन्छन् ।

छुल्ठिम गुरुङ
‘नोभेम्बर रेन’बाट सिनेमा उद्योगमा ब्रेक लिएकी अभिनेत्री छुल्ठिम गुरुङ त झन् जन्मजातै शाकाहारी हुन् । उनको परिवारले बौद्ध धर्ममा विश्वास गर्ने भएका कारण परिवारमा माछामासु कसैले पनि छुँदैन । उनका आमा बुवाले पनि माछामासुलाई हात लगाउनु हुन्न । यहि कारण छुल्ठिम पनि जन्मेदेखि नै माछा मासुबाट टाढै रहिन् । खाने कुरामा उनलाई शाकाहारी आईटमहरु सबै मन पर्छ । तर मन पर्ने विशेष परिकार भन्नुपर्दा उनी मसरुमको नाम लिन्छिन् । छुल्ठिम सिनेमा उद्योगमा ‘डल्ली’को नामले पनि परिचित छिन् ।

प्रमोद अग्रहरी
अभिनेता प्रमोद अग्रहरीलाई सिनेमा ‘छक्का पञ्जा’मा बाबा मस्तमौलाको भूमिका निभाए पछि नचिनेका दर्शकले पनि चिन्ने मौका पाए । हुन त उनले त्यो भन्दा पहिले पनि केही सिनेमाहरुमा राम्रो गरेका थिए । तर ‘छक्का पञ्जा’को जति सफलता र चर्चा पाएका थिएनन् । अभिनयमा अब्बल प्रमोद पनि नेपालका शाकाहारी सेलिब्रेटीमा पर्छन् । उनी पनि माछा मासु भने पछि टाढै बस्न मन पराउँछन् ।

अश्लेशा ठकुरी
‘प्रेम गीत–२’ बाट डेब्यु गर्न लागेकी अभिनेत्री अश्लेशा सुन्दरता र स्वास्थ्यलाई ध्यान दिँदै बिगत केही समय यता शाकाहारी बनेकी छिन् । पछिल्लो समय उनी माछा र मासुका परिकारहरुलाई सकेसम्म हात लगाउँदिनन् । आफू शाकाहारी भएको बताउँदै उनले हामीसँग भनिन्, ‘मैलै मासु खाँदै नखाएको त हैन । तर अहिले भने खाँदिन । स्वास्थ्यको हिसाबले मासु खानु राम्रो पनि हैन जस्तो लाग्छ मलाई । forseenetwork को सहयोगमा

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update