संसारकै विचित्रको ठाउँ, जहाँ मृत्युपछि दाहसंस्कार नगरी लाशलाई घरमा नै राखिन्छ

shyane.com.np | 7:53 AM | 0 comments

एजेन्सी । मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिएको अन्तराष्ट्रिय संथाहरुले उल्लेख गरेका छन् । इन्डोनेशियाको दक्षिण सुलावेसीको पहाडमा रहने मानिसहरुले आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि पनि दाहसंस्कार नगरी शवलाई आँफैसँग सम्हालेर राख्छन् ।
संसारभरकै प्रचलनलाई चुनौँतीदिँदै तोरजा समाजले मृत्यु पछि पनि लाशलाई लाश नमानेर घरमा नै सजाएर राख्ख्दै आएका छन् । यो समुदायका मानिसले मृतकलाई बिरामी व्यक्तिका रुपमा मान्दै आएका छन्

। त्यति मात्रै होइन उनीहरुले सुरक्षीत राखेका लाशहरुलाई दैनिक विहानै नुवाइदिन्छन् । मृतकको शरीरलाई सुरक्षीत राख्नका लागी फर्मल्डिहाइड र पानीको मिश्रण बनाएर नियमित रूपमा शरीरमा लगाइदिने प्रचलन छ । उनीहरु भन्छन् लाशसँग कत्तिपनि डर लाग्दैन तर डर भन्दा धेरै माया लाग्छ ।
यो समाजमा करिब ५ लाख मृत शरीर छन् जसलाई तोरजा समाजका मानिसले अझै सुरक्षीत राखीरहेका छन् । यदी यो समाजमा कोही मानिस मर्यो भने भोज भतेर गरेर अन्त्मि दाहसंस्कार गरिन्छ । मानिसको मृत्युपछि भैँसी काटेर बृहद भोजको आयोजना गरिन्छ । र लाशलाई उही पुरानै शैलीले सुरक्षीत राखिन्छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update