‘एक्लो छैन कतार’ नाकाबन्दी बाबजुद संसार भरि बाट यसरि सहयोग जुट्दै छन्

shyane.com.np | 8:51 AM | 0 comments

एजेन्सी–टिवइटरमा कतारका एक व्यक्तिले ‘दुधका लागि धन्यवाद टर्की’ भन्दै पोष्ट गरे ।

उनले टर्कीस ब्राण्डका दुधहरुको बोतलसहितको तस्बिरहरु समेत राखे ।

हाल कतारका सुपरमार्केटमा टर्कीस ब्राण्डका बोतलहरु पाइन्छन् ।बितेका एक हप्तामा, ताजा दुधका स्टक, गोगुर्ट, मासु तथा जुसहरु ठुलो संख्यामा टर्कीबाट दोहा लगियो ।

छिमेकी देशहरुले नाकाबन्दी लगाएपछि कतार सरकारले देशमा खाद्यान्न अभाव हुन नदिन टर्कीबाट ताजा र अत्यावश्यक सामान ल्याइरहेको छ ।कतारका लागि यो दशक यताकै सबैभन्दा नराम्रो दिनहरु हुन् ।

मंगलबार टर्कीका राष्ट्रपति रिसेफ टेइप इर्दोगानले कतारलाई एक्लाउने कार्य अमानविय तथा इस्लामको मर्यादा भन्दा बिपरित भएको बताएका छन् ।

उनले यसको तुलना फाँसी सजायसँग समेत गरे ।

टर्कीका विदेशमन्त्रीले कतार संकटबारे थप बुझ्न बुधबार कतार जादैछन् ।साउदी अरेबिया, बहराइन, युएइ र इजिप्टले कतारलाई नाकाबन्दी लगाएपछि टर्कीले यसबारे बोल्न हिचकिचाएको थियो ।

उसले कुनै पनि वक्तत्य जारी गरेको थिएन ।तर दुई दिन पछि भने आंकराले नाटकिय प्रो–कतार टर्न लियो ।

टर्कीस सेनाहरु कतारमा जाने बिल पास गर्नुले पनि अन्तराष्ट्रिय समुदायलाई यसले कडा सन्देश दिएको छ ।

दोहा एक्लो छैन ।यो बिल पारित हुन केही दिन पास हुन दुई वर्ष लामो समय पर्खनु परेको थियो ।

यस्तैमा कतार संकटको जन्म भयो ।सन् २०१५ मा यी दुवै राष्ट्रले मिलिटरी प्रोटोकलमा हस्ताक्षर गरेका छन् । टर्कीले कतारमा सैन्य बेश पनि खोलिसकेको छ ।

क्षेत्रगत हिसाबले यो पहिलो हो । हाल टर्कीका १०० जना सैनिक कतारमा रहेका छन् ।

तर, उक्त बेशको क्षमता ५ हजारभन्दा बढी रहेको छ ।अांकराले दोहाबाट एउटा महत्वपुर्ण साथ पाएको छ भने अन्तराष्ट्रिय जगतबाट टर्की एक्लाइदै छ ।टर्की र कतारको व्यापारिक सम्बन्ध पनि उत्तिकै ठुलो रहेको छ ।

सन् २०१५ मा टर्कीबाट कतारले ४२४ मिलियन डलर बराबरको व्यापार गर्छ । इलेक्ट्रोनिक सामान, फर्निचर सि भेसल जस्ता सामानहरु निर्यात गर्ने गर्छ ।

कतारबाट टर्कीले ३६१ मिलिन डलर बराबरको सामान आयात गर्यो ।

पेट्रोल, आलमुनियम तथा प्लाष्टिक प्रोडक्टहरु ज्यादा निर्यात भएको थियो ।कतारमा टर्कीका ३० भन्दा बढी निर्माण कम्पनीहरु रहेका छन जसको मुल्य हाल ८.५ बिलियन अमेरिकी डलर रहेको छ ।

सन् २०२२ मा हुने विश्वकपले समेत टर्कीका निर्माण कम्पनीहरुलाई थप लगानी गर्ने बाटो रहेको छ ।

यसका लागि उनीहरु सम्भावित लगानी क्षेत्रहरु हेरिरहेका छन् ।

राष्ट्रपति इर्दोगानले साउदी तथा अन्य राष्ट्रहरुलाई तुरुन्त समस्या समाधान गर्न आग्रह गरेका छन् ।

टर्कीले आफु साउदी विरोधी पनि नभएको बताएको छ ।कुटनीतिक रुपमा समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको उनले बताएका छन् ।

बिबिसिबाट भावानुवादित

from nepalipatra

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update