साइकल पङ्चर हुँदा सामूहिक बलात्कारको सिकार

shyane.com.np | 9:24 AM | 0 comments

औरही (महोत्तरी) : महोत्तरीको औरही गाउँपालिका २ फूलबारियामा आइतबार साँझ एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । बजारबाट साइकलमा घर फर्किंदै गरेकी २१ वर्षीया युवतीलाई चार-पाँचजना युवकको समूहले सामूहिक बलात्कार गरेको हो । औरही बजारमा ब्युटी पार्लर सञ्चालन गर्दै आएकी युवती पसल बन्द गरेर घर फर्किंदै थिइन् ।

सोही क्रममा बर्दिबास-औरही-जलेश्वर खण्डअन्तर्गत औरहीको तीनपोखरीभन्दा एक किलोमिटर पश्चिममा मुखमा रुमाल बाँधेर बाटो ढुकेर बसेका युवा समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ । औरहीको तीनपोखरीबाट झन्डै तीन किलोमिटर पश्चिममा युवतीको घर पर्छ । घर जाने मुख्य सडकदेखिको तीन किलोमिटर बाटो कृषि सडक हो । सइकलमा सवार ती युवतीलाई युवाको समूहले नियन्त्रणमा लिएर सडकभन्दा उत्तरपट्टिको आँप बगैंचानजिकको खेतमा लछारपछार गर्दै सामूहिक बलात्कार गरेको पीडित परिवारले बताएको छ ।

साँझको समयमा सर्वसाधारणको आवतजावत कम हुने र आँप बगैंचा सुनसान रहेको अवसर पारी युवा समूहले ती युवतीमाथि हमला गरेको हो । पीडितका अभिभावक र स्थानीयले खोज्दै जाँदा युवती आँप बगंैचानजिकै बेहोस अवस्थामा फेला परेकी थिइन् । घटनास्थलनजिकै मुख बाँधेर बसेका चारजना युवक स्थानीयको भीड देखेर भाग्न खाजेका थिए । तीमध्ये तीनजना भाग्न सफल भए पनि औरही २ कै सुनिल साहलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सोमबार दिनभर टायर बालेर औरहीबासीले सडक जाम गरेर प्रदर्शनसमेत गरे ।

साइकल पङ्चर हुँदा बलात्कारको सिकार

सामान्य परिवारकी युवती ब्युटी पार्लरसम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्न औरही बजारमा ब्यटी पार्लर सञ्चालन गर्दै आएकी थिइन् । आइतबार सधैंझैं पसल बन्द गरेर आफ्नो घर फर्किने क्रममा उनको साइकल पङ्चर भएको थियो । साइकल बनाउने पसलमा पङ्चर टाल्न जाँदा त्यहाँ भीड देखेपछि युवती त्यत्तिकै घर फर्किएको स्थानीय बताउँछन् ।

‘साइलक पसलमा भीड थियो । पङ्चर बनाउन ढिलो भयो । साँझपख औरही बजारबाट घर फर्किइन्’, पीडित युवतीका गाउँले रामप्रकाश सहनीले भन्नुभयो, ‘औरहीको तीनपोखरीबाट एक किलोमिटर पश्चिम सुनसान ठाउँमा पुगेको समयमा लुकेर बसेका केटाले बीच बाटोमा गएर जबर्जस्ती साइकल रोक्न लगाए । हात समातेर खेतमा लगेर इज्जत लुटे ।’

युवती समयमै घर नफर्किएपछि परिवारजनले खोजी गर्दा गाउँबाट करिब दुई किलोमिटर टाढा साइकल सडक किनारमा लडेको देखियो । त्यसको नजिकै युवती बेहोस अवस्थामा लडेको समेत देखिएको उहाँले बताउनुभयो । त्यसपछि बलात्कारीहरू भागेको र एउटालाई स्थानीयले घेरा हालेर पक्रन सफल भएको उहाँको भनाइ छ । ‘बलात्कार गर्ने चारजना युवकहरू डरले औरहीको तीनपोखरीतिरै भागिरहेका थिए’, एक स्थानीयले भने, ‘हामीले तिनलाई लखेट्न थाल्यौं । तीनजना एकातिर भागे । अर्कातिर एक युवक भाग्यो, त्यसलाई भने हामीले पक्राउ गर्‍यौं ।’

घटनाबारे प्रहरीलाई जानकारी भएपछि पक्राउ परेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबाट आक्रोशित स्थानीयले बलात्कारीलाई कारबाहीको माग गर्दै राति नै औरहीको तीनपोखरीस्थित बर्दिबास-औरही-जलेश्वर सडकखण्ड बन्द गराएका थिए । घटनाबाट आक्रोशित स्थानीय युवाले पक्राउ परेका युवकलाई ‘मार्नुपर्छ’ भन्दै खुकुरी र खुँडा लिएर आएका थिए । तर प्रहरीले आरोपित युवकको उद्धार गरी प्रहरी चौकी पुर्‍याएको असई पुरुषोत्तम महतोले बताउनुभयो ।

चौकीमा लगेपछि स्थानीयले बलात्कृत युवतीलाई उद्धार गर्नुको साटो पीडकलाई उद्धार गरेको भन्दै प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए । नाराबाजीसँगै चौकी घेर्न गएपछि स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । राति ११ बजेदेखि २ बजेसम्म झडप भएको थियो ।

प्रदर्शनमा स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । यसबाट तीनजना स्थानीय र चारजना प्रहरी घाइते भएका थिए । झडप बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा लिन सयौंको संख्यामा बर्दिबास, रामगोपालपुर र रामनगरबाट नेपाल, सशस्त्र प्रहरी र म्यादी प्रहरी घटनास्थल पुगेका थिए ।ढुंगामुढाले चारजना प्रहरी घाइते भएपछि प्रहरीले पाँच राउन्ड हवाई फायरसमेत गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।
annapurnapost

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update