‘नेपाल आईडल’ का जजहरुबारे रिमा विश्वकर्माको भनाई यस्तो..।

shyane.com.np | 7:52 PM | 0 comments

नेपाल आईडल’ होस्ट गर्दै आएकी नायीका रिमा विश्वकर्माले जजहरुबारे नयाँ खुलासा गरेकी छिन् । गज्जबको अनलाईनसँग कुरा गर्दै नायीका रिमाले रहस्य खोलेकी हुन् ।

‘नेपाल आईडल’ निष्पक्ष भएन् भन्ने विवाद के हो ? भन्ने प्रश्नमा उनले आफु ‘नेपाल आईडल’को आधिकारीक ब्यक्ति नभएको र केवल होस्ट मात्र भएको बताईन् ।

तर कुरा गर्दै जाँदा उनले ‘नेपाल आईडल’का जजहरुले गरेको निर्णय निष्पक्ष नै भएको बताईन् । ‘नेपाल आईडल’को टिम मेम्बरको हिसावले नेपाल आईडल एकदमै फेयर भएको र ब्यक्तिगत रुपमा पनि जजहरुको निर्णय चित्त बुझेको उनको भनाई छ ।

‘नेपाल आईडल’का जजहरुबारे राजेश पायल राईले दिएको कमेन्टबारे उनले भनिन्– “राजेश पायल राईको बारेमा कमेन्ट गर्न लायक म छैन् ।” केहि दिन अघि मात्रै गायक राजेश पायल राईले ‘नेपाल आईडल’का जजहरुबारे असन्तुष्टि पोखेका थिए ।

उनले भिजा गर्ल, ऋतु, स्वर लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । उनी म्युजिक भिडियोमा पनि त्यतिकै रुचाईएकी अभिनेत्री हुन् । हाल ‘नेपाल आईडल’ सँगै रिमा म्युजिक भिडियोमा ब्यस्त छिन् ।

रिमाले थप के भनिन् ? हेरौँ, यो भिडियोमा ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update