पोलेको निको पार्ने देखि छालामा चमक ल्याउन : कपुर

shyane.com.np | 10:29 PM | 0 comments

एजेन्सी । प्राय हामी कपुर पूजापाठको लागि प्रयोग गर्ने गर्छौ। तर कपुर पूजा पाठ मात्र नभइ मानव स्वास्थयको लागि पनि निक्कै फाइदाकारी मानिन्छ। कपुरले कुन कुन चीजमा फाइदा पुर्‍याउँछ ?

पोलेको ठाउँमा
कपुर चिसो हुन्छ। त्यसकारण शरीरको कुनै भागमा पोलेमा कपुर लगाएमा आराम दिलाउँछ। यसका साथै शरीरमा कपुरलाई घोलेर दर्द भएको ठाउँमा लगाएमा सञ्‍चो हुन्छ।

कपालको लागि फाइदा
कपुरले कपालको लागि पनि धेरै लाभकारी मानिन्छ। कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन।

छालाको एलर्जीमा फाइदा
जाडोमा हाम्रो छाला रुख्खा भएर फुट्ने गर्छ। यसले छालामा एलर्सी र बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ। छालामा पनि चमक ल्‍याउँछ।

अनुहारमा चमक ल्‍याउन उपयोगी
यदि तपाईको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काचो दूधमा मिलाएर लेप लगाएमा अनुहारमा चमक आउँछ।

शरीरमा पीडा भएमा
यदि तपाईलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना बनाएमा कपुरलाई तेलमा मिलाएर मालिस गरेमा आराम दिलाउँछ।

पेट दुखेमा
अचानक पेट दुखेर हैरान हुनु भएको छ भने एक गिलास पानीमा शोप हालेर पिएमा पेटलाई आराम दिलाउँछ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update