फेरी अर्को दुखद सडक दुर्घटना

shyane.com.np | 6:25 PM | 0 comments

काठमाडौं जेष्ठ,२५ | केहि समय अघि मात्रै जेब्रा क्रसिङमा ठक्कर दिएर एक युवतीको मृत्युको घटना सेलाउन नपाउँदै काठमाडौँको बसुन्धारामा यात्रु वाहक बसले एकजना बृद्धलाई ठक्कर दिएको छ ।

बसुन्धरास्थित ग्रीनसिटी हस्पिटल नजिकै यात्रुवाहक बा २ ख २५७० नम्बरको बसले ठक्कर दिँदा दोलखाका ७५ वर्षिय गुनबहादुर बुढाथोकी घाईते भएका छन् । महानगरीय ट्राफिक प्रहरीका अनुसार विहीबार दिउँसो जेब्राक्रसिङमा उनलाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले ग्रीन सिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि मात्र जेब्राक्रसिङमै सडक पार गर्ने क्रममा बसुन्धरामै सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको थियो । sajhapage

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update