प्रभु बैंक यसरी फस्यो नक्कली नोट काण्डमा, एनजिओको कार्यालयमा नक्कली नोट छपाइ

shyane.com.np | 11:07 PM | 0 comments

बुटवल जेठ २६
प्रभु बैंकको बुटवलस्थित शाखामा लाखौं रुपैयाँ नक्कली नोट फेला परेको छ । फोटोकपी गरेर बैंकमा नक्कली नोट साट्दै गरेका एक युवकलाई प्रहरीले पक्रेपछि यसको रहस्य खुलेको हो ।

नक्कली नोटसहित ती युवकलाई पक्रेपछि एक सामाजिक संस्थाको पर्दापछाडिबाट नक्कली नोटको धन्दा चलाइरहेको पनि खुलेको छ ।

प्रारम्भिक घटनाक्रमअनुसार स्थानीय असाहयका लागि सहयोगी हातहरू नामक संस्थाले नक्कली नोट छाप्ने गरेको पाइएको छ । प्रहरीले नक्कली नोटसहितका युवक रूपन्देही कञ्चनपुर गाउँपालिका–६ घर भई बुटवल उपमहानगर–११, देवीनगर बस्ने सन्तोष मल्ललाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले पक्रेर प्रारम्भिक अनुसन्धान थालेपछि एनजिओको आडमा यसरी नक्कली नोटको कारोबार हुँदै आएको रहस्य खुलेको हो ।

घटनाक्रमअनुसार बैंकका कर्मचारीको लापरबाहीका कारण ती युवाले पटक–पटक प्रभु बैंकमा नक्कली नोट लगेर जम्मा गरेको पाइएको छ । पक्राउ परेका मल्ले नवदीपपथ अर्फन हेल्पिङ हेन्ड नामक सामाजिक संस्था चलाउँदै आाएको र सोही संस्थाको आडमा उनले नक्कली नोट छाप्दै आइरहेका थिए । अन्ततः बैंकमा नक्कली नोटसहित उनी पक्राउ परेपछि प्रहरीले उनको डेरामा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले उनको डेराबाट नक्कली नोट छाप्ने मेसिन, मसीसहित केही नक्कली नोटसमेत बरामद गरेको बताइएको छ । नक्कली नोट छपाइ काण्डमा समातिएका मल्ललाई अदालतबाट म्याद लिएर थप अनुसन्धान थालेको रूपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले मल्लको डेराबाट हजार दरका सय थान र ५ सय दरका सय थान नक्कली नोटसमेत बरामद गरेको जनाएको छ ।
प्रहरीले मल्ल काम गर्ने कार्यालय नवदीपपथ अर्फन हेल्पिङ हेन्डमा समेत छापा मारेको थियो । त्यहाँबाट पनि हजारका २ सय तथा ५ सयका समेत नक्कली नोट बरामद गरेको जानकारी प्रहरीले दिएको छ ।

कार्यालयबाट प्रहरीले नोट छाप्न प्रयोग हुने अन्य मेसिनरी वस्तु तथा उपकरण पनि बरामद गरेको बताइएको छ । त्यसक्रममा प्रहरीले कार्यालयसँग सम्बन्धित अन्य सामग्री पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय बुटवलमा खाता खोली बैंकमा पैसा साट्नेक्रममा बैंकका कर्मचारीलाई झुक्याएर आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्दै आइरहेका थिए । उनले पटक–पटक यस्तो गर्न भ्याइसकेका थिए ।

पछिल्लोपटक मंगलबार बैंकले हजार दरको ७० थान नक्कली नोट फेला पारेको भन्दै प्रहरीलाई सूचना दिएपछि प्रहरी यसको जालो पछ्याउन लागेको थियो । त्यसक्रममा प्रहरीले बैंको सिसी क्यामेराको मदतमा अनुसन्धानलाई तीव्रता दिएपछि मल्लसम्म पुगेको थियो ।

अहिले रूपन्देही जिल्ला प्रहरीले मल्लमाथि थप अनुसन्धान गरिररहेको बताइएको छ । koshionline

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update