१० हजारको जागिर खाने आमिरकी श्रीमती अहिले अर्बपति

shyane.com.np | 1:29 PM | 0 comments

आमिर खान यतिबेला उनको आगामी फिल्म ‘ठग्स् अफ हिन्दुस्तान’ लाई लिएर चर्चामा छन् । आमिरले फिल्मको लागि आफ्नो लुक्स पनि बदलेका छन् । हालै उनको फिल्मकी नायिका फातिमा शना सेखको बिषयमा आमिरकी पत्नी किरण रावले भनिन् कि, उनले अडिसन दिएर यो रोल पाएकी हुन् ।

किरण राव आमिरको हरेक फिल्ममा उनको साथमै देखिन्छिन् । किरणले आमिरको फिल्मको कहानी छान्नलाई पनि मद्धत गर्ने गर्छिन् । आमिर जस्तै भर्सटाईल किरणले फिल्म पनि निर्देशन गरिसकेकी छिन् ।

आमिर र किरणको पहिलो भेट सन् २००० मा फिल्म ‘लगान’ को सेटमा भएको थियो । आमिर बिवाहबन्धनमा बाधिईसकेका भएता पनि उनको मन किरणमा भुलिसकेको थियो । यो फिल्ममा किरण शामिन देसाइको सहयोगीको रुपमा काम गरिरहेकी थिइन । किरण पनि आमिरलाई मन पराउँथिन् त्यसकारण पनि आमिरले आफ्नो पहिलो पत्नीसँग २००२ मा सम्बन्ध बिच्छेद गरे ।
सन् २००५ मा आमिरले रीनासँग बिवाह गरे । फिल्म ‘लगान’ मा किरणलाई १० हजार रुपैँया तलबमा राखिएको थियो । लगानमा काम गर्नुका साथै उनले कयौँ फिल्महरु निर्देशन पनि गरेकी छन् ।

किरण एकदमै स्टेट फरवार्ड टाईपको केटी हुन् । उनी आफ्नो कुराहरु एकदमै स्पस्ट राख्ने गर्छिन् । आमिरको पहिलो पत्नीको बारेमा बताउँदै उनले भनिन् कि, ‘उहाँ फिल्मको सेटमा आउनुहुन्छ । आफ्नो सल्लाह सुझाव दिनुहुन्छ भने हामी केहि कुराहरु उनको कुरालाई थपेर चेन्ज पनि गर्छौँ ।’ किरण र रीना मिल्ने साथी भनेर चिनिन्छन् ।

आमिरको सेन्स अफ ह्युमर एकदमै मनपर्ने र त्यहि कारणले आफु मोहित भएको एक अन्तरवार्ताका क्रममा किरणले बताएकी थिईन् । आमिरसँग हरेक क्षेत्रको ज्ञानहरु हुने कुरा पनि उनको उक्त अन्तरवार्ताको क्रममा खुलाएकी थिईन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update