चरम आर्थिक संकटमा साउदी अरब: साउदीमा रहेका झन्डै ७ लाख नेपालीको आम्दानी मासिक ४०० रियल सम्म घट्ने

shyane.com.np | 9:19 AM | 0 comments

वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपाली कामदारको आम्दानी घट्‍ने भएको छ । देशको अर्थतन्त्र धरासयी हुने अवस्था साउदीले आप्रवासी कामदारसँग मासिक सय रियाल उठाउन लागेको हो । विश्‍व बजारमा लामो समयदेखि तेलको मूल्‍यमा गिरावट आउँदा साउदीको अर्थतन्त्र खस्किदै गएको छ । अर्थतन्त्र सुधारका लागि साउदीले आउँदो महिनादेखि नयाँ नीति लागू गर्न लागेको हो । साउदीको यो निर्णयले सात लाखभन्‍दा बढी नेपाली कामदारलाई प्रत्यक्ष असर पार्नेछ। नेपाली कामदारका लागि अहिले साउदी अरब दोस्रो गन्तव्‍य मुलुक हो । वार्षिक एक लाखको हाराहारीमा नेपाली रोगजारीका लागि साउदी जाने गरेका छन् । उनीहरुले सामान्‍य मासिक ८ सयदेखि २ हजार रियालसम्म पारिश्रमिक पाउने गरेका छन् ।

गल्फ न्‍यूजका अनुसार आगामी महिनादेखि लागू हुसने नियम वार्षिक रुपमा परिवर्तन हुँदै २०२० सम्‍ममा मासिक ४ सय पुर्‍याउने सरकारको लक्ष्‍य रहेको छ । योसँगै साउदीमा रहेका नेपालीले त्‍यहाँ रहेका आफन्तको समेत लेबी वापत मासिक सय रियाल तिर्नु पर्ने देखिएको छ । – एजेन्सी

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update