१० तलामाथिबाट खसालेको बच्चा तल रहेका व्यक्तिले समाते

shyane.com.np | 8:41 AM | 0 comments

असार १ – भीषण आगलागी भएको लण्डनको ग्रेनफेल टावरबाट खसालिएको एक बच्चालाई एक व्यक्तिले समात्न सफल भएका छन् । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागी भएका बेला टावरको नवौं वा दशौं तलामा रहेकी एक महिलाले आफ्नो बच्चालाई तल खसालेको र तल रहेका एक व्यक्तिले बच्चालाई समात्न सफल भएको प्रत्यक्षदर्शी समिरा लामरानीले बिबिसीलाई बताउनुभयो ।

उहाँका अनुसार आगलागी भएको टावरमा रहेकी महिलाले तल रहेका मानिसको भिडलाई आफूले बच्चा खसाल्न थालेको संकेत गरेकी थिइन् । त्यसपछि उनले आफ्नो बच्चा खसालेको र भिडमा रहेका एक व्यक्ति दौडेर गइ बच्चालाई समात्न सफल भएको उहाँले बताउनुभयो ।

लामरानीले भन्नुभयो ‘ती महिला नवौं वा दशौं तलामा थिइन् । झ्याल आधा खुलेको थियो । महिलाले आफ्नो बच्चा खसाल्न खोजेको संकेत गरिन् । मानिसको भिडमा रहेका एक व्यक्ति अघि बढे । अनि ति महिलाले बच्चालाई तल खसालिन् । तल रहेका व्यक्तिले बच्चालाई सकुशल समात्न सफल भए ।’

आगलागीमा परि अहिलेसम्म १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update