सिनेमा भन्दा बाहिरका व्यक्तिसँग बिहे गर्ने अभिनेत्री, जान्नुहोस् कस्का श्रीमान के गर्छन् ?

shyane.com.np | 8:46 AM | 0 comments

काठमाडौं, जेठ १८ – जीवनसाथी अर्थात पूरै जिन्दगी बिताउने साथी । एकले अर्काको भावनालाई बुझेको हुनुपर्छ । विशेष गरी एउटै क्षेत्रको जीवन साथी भयो भने एकले अर्काको काम र रुचीलाई सजिलै बुझ्ने हुँदा जीवन सही तरिकाले अघि बढ्छ भनिन्छ । र यो कुरा केही हदसम्म सहि पनि हो ।

एउटै क्षेत्रमा सक्रिय जोडीले कामलाई विवाहपछि सहजै निरन्तरता दिएको पाईन्छ । विशेष गरी कलाकारिताको क्षेत्रमा कलाकारिता भन्दा बाहिरको व्यक्तिसँग विवाह गरेर फेरि यसमै सक्रिय हुनेहरुको सङ्ख्या निकै कम छ । नेपाली अभिनेत्रीको कुरा गर्नु पर्दा धेरै जसो विवाह गरेपछि कलाकारितामा पूर्णविराम लगाउँदै विदेश भासिएका छन् ।
मिथिला शर्मा

मिथिला शर्माले सिनेमाभन्दा बाहिरकै व्यक्तिलाई जीवनसाथीको रुपमा चुनिन् । ५० वर्षको उमेरमा विवाह गरेर सबैलाई चकित बनाएकी मिथिलाका पति पूर्व प्रहरी प्रमुख हुन् । मिथिलाका पति मोतीलाल बोहोराले श्रीमतीको निधन भएको केही महिनामै मिथिलासँग दोस्रो विवाह गरेका थिए । मिथिलाले सुःख दुःख , निगरानी, दाग, मेरी आमा, लहना, भरोसा, लगायत दर्जनौँ सिनेमामा काम गरेकी छिन् । कुसल अभिनेत्रीका साथ साथै मिथिला कुसल नृत्यांगनाका रुपमा पनि चिनिन्छिन् ।
सारंगा श्रेष्ठ

अभिनेत्री सारंगा श्रेष्ठले पनि सिनेमाभन्दा बाहिरका व्यक्तिसँग लगन गाँठो कस्ने अभिनेत्रीको सूचिमा आफूलाई राखेकी छिन् । उनले दुईपटक विवाह गरेकी छिन् । पहिलो विवाह अमेरिकी नागरिकसँग गरेकी उनले पछि अमेरिकी नागरिकसँग सम्बन्ध बिच्छेद गरेर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका म्याग्दिका रमेश कार्कीसँग सन् २०१२ मा अदालती विवाह गरिन् । रमेश अमेरिकामा व्यवसाय गर्दै आईरहेका छन् ।

डेढ दशक अघि अमेरिका हान्निएकी सारंगाले अमेरिकाको बाल्टीमोरमा डान्स कक्षा सञ्चालन गरिरहेकी छिन् । उनी त्यहाँ नेपाली डान्स सिकाउँछिन् । सारंगाले आगो, सिन्दुर पोते, सारंगी जस्ता सिनेमामा काम गरेकी छिन् ।
विपना थापा

अभिनेत्री विपना थापा विवाहपछि पूर्ण रुपमा गृहिणीको जिन्दगी बिताईरहेकी छिन् । भारतीय नागरिक आँशुतोष भारद्धाजसँग विवाह गरे लगत्तै भारत छिरेकी विपना अहिले पनि भारतको मथुरामै छिन् । आँशुतोष व्यवसायी हुन् । विवाह पछि विपना एक छोरा कुशाग्रकी आमा बनेकी छिन् । विपनाले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् ।
जल शाह

नेपाली सिनेमामा मोटी सुन्दरीको परिचय बनाएकी अभिनेत्री जल शाह केही समय अघि नेपाल आउँदा झनै मोटाएर आएकी थिईन् । उनको त्यो मोटो शरीर देखेर उनका फ्यानहरु चकित परेका थिए । जल शाहका श्रीमान पनि व्यवसायि नै हुन् । अमेरिकामा बसोबास गर्दै आएका सरदकुमार रिजालसँग विवाह गरेपछि जल अमेरिकामै बस्दै आएकी छिन् । जल शाहकी एक छोरी छिन् ।

लामो समय सिनेमा र मिडियाबाट टाढा भएकी जल पछिल्लो समय भने सार्वजनिक कार्यक्रमहरुमा पनि देखा पर्न थालेकी छिन् । जल अमेरिकामै च्यारिटी शोहरु पनि गर्छिन् । सिनेमा ‘अवतार’बाट डेब्यु गरेकी जलले त्यसपछि, ठूल्दाई, नेपाली बाबु, बादलपारी लगायतका सिनेमामा काम गरेकी छिन् ।
झरना बज्राचार्य

पूर्व मिस नेपाल तथा अभिनेत्री झरन बज्राचार्यले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी छिन् । झरनाले राहुलसँग विवाह गर्नु अघि बेलायती नागरिकसँग ईन्गेजमेन्ट गरेकी थिईन् । यी दुई केही समय लिभ ईन रिलेसनसिपमा पनि थिए । तर पछि दुईको सम्बन्धमा फाटो आयो र ईन्गेजमेन्ट तोडियो । त्यसपछि बल्ल झरनाले राहुलसँग विवाह गरेकी हुन् । राहुलसँग विवाह गरेर छोराकी आमा बनिसकेकी झरना विवाह पछि मलेसियामै बसोबास गर्दै आईरहेकी छिन् ।
रेजिना उप्रेती

माटो, कर्णवीर, बाघचाल, ज्वाला लगायत दर्जनौ सिनेमामा काम गरेकी अभिनेत्री रेजिना उप्रेती अहिले ६ महिनाकी छोरीकी आमा हुन् । रेजिनाका पति सुरज पोखरेल पनि व्यवसायी नै हुन् । उनी बेलायतमा व्यवसाय गर्दै आईरहेका छन् । सांस्कृतिक कार्यक्रमको समयमा बेलायतमै रेजिना र सुरजको चिनजान भएको थियो । सन् २०१४ मा सुरजसँग विवाह गरेकी रेजिना विवाहपछि बेलायतमै बस्दै आएकी छिन् । रेजिनाले नेपाली सिनेमा उद्योगमा एक दशकसम्म राम्रो सफलता र चर्चा पाएकी थिईन् ।
अरुणीमा लम्साल

सिने क्षेत्रमा १३ वर्ष बिताएकी अभिनेत्री अरुणीमा लम्सालले पनि सिनेमा भन्दा बाहिरका व्यक्तिलाई जीवन साथी रोजिन् । उनले बैंकर अमृत अर्यालसँग विवाह गरेकी छिन् । झण्डै ५२ वटा सिनेमामा काम गरेकी अरुणीमा अहिले भने अमेरिकामा छिन् । अमेरिकाको ग्रिन कार्ड पाएपछि उनी पति र छोरीसँगै झण्डै तीन वर्ष अघि अमेरिका उडेकी हुन् । अरुणीमाले दाग, दीपशिखा, निगरानी, अभिमन्यु, दिल माया, धड्कन, भरोसा लगायतका सिनेमामा काम गरेकी छिन् ।
गरिमा पन्त

झोला, जीवन मृत्यु लगायत दर्जनौँ सिनेमामा काम गरेकी अभिनेत्री गरिमा पन्तले बेल्जियममा व्यवसाय गर्दै आएका हरि शर्मा थपलियासँग सुटुक्क विवाह गरिन् । उनको विवाह सार्वजनिक हुँदा उनका फ्यान फलोअर्सहरु मात्रै हैन उनकै सहपाठीहरु पनि आश्चर्यमा परेका थिए । विवाहको केही समय पछि उनले केही तस्वीरहरु सार्वजनिक गरेर आफू विवाहित भएको खबर सार्वजनिक गरेकी थिईन् ।

विवाह सार्वजनिक गरेलगत्तै बेल्जियममै बसेर श्रीमानको रेष्टुरा व्यवसायलाई अघि बढाउने निर्णय पनि सार्वजनिक गरेकी थिईन् । अहिले बेल्जियममै उनका श्रीमानले उनको नाममा ‘गरिमा सुसी रेस्टुरा’ खोलिदिएका छन् । यस हिसाबले हेर्दा उनी अब नेपाल आएर सिनेमालाई समय दिने सम्भावना अत्यन्त कम छ ।
युना उप्रेती

‘पर्खि बसे’ सिनेमाबाट चर्चा पाएकी अभिनेत्री युना उप्रेतीले पनि सिनेमा भन्दा बाहिरको व्यक्तिसँग विवाह गरिन् । युना अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग विवाह गरेर अमेरिकै भासिएकी छिन् । विकास अमेरिकामै व्यवसाय गर्दै आएका छन् । ‘पर्खि बसे’ बाहेक युनाले पहिलो पहिलो माया, सम्झी दिए पुग्छ, हिम्मत २, लावारिस, प्रितीको फूल, त्रिशुल लगायतमा पनि काम गरेकी छिन् ।
सुमिना घिमिरे

अभिनेत्री सुमिना घिमिरेले सिने करिअर ओरालो लाग्दै गर्दा सिनेमा भन्दा बाहिरका रोशन सापकोटालाई जीवन साथीको रुपमा रोजिन् । सुमिनाको विवाह पाईलट रोशन सापकोटासँग भएको छ । सुमिनाले पहिले ईन्गेजमेन्ट भईसकेका एक प्रेमीलाई छाडेर पाईलट रोशन सापकोटालाई अंगालेकी हुन् । रोशनसँग विवाह गरेर एक सन्तानकी आमा बनिसकेकी सुमिनालाई नेपाली सिनेमाकी विवादित अभिनेत्रीको रुपमा पनि लिईन्छ ।

उनले दुलही, अप्रिल फूल, स्टार, डार्लिङ, छविलाल कन्जुस छैन, नाई ओ क्लक लगायतका सिनेमामा काम गरेकी छिन् । यसका साथै उनले मोडलिङमा पनि राम्रो छाप छाडेकी छिन् ।
रीमा विश्वकर्मा

विवाह पछि पनि सक्रिय हुने नायिकाको सूचिमा पर्छिन् रीमा । विवाह पछि कमै नायिकाले सिनेमालाई समय दिएको पाईन्छ । तर रीमा भने बिल्कुल अलग निस्किएकी छिन् । रीमाका श्रीमान एनआरएन हुन् । बेलायतमा बस्दै आएका रोबर्ट विश्वकर्मासँग रीमाले प्रेम विवाह गरेकी हुन् । अहिले रोबर्ट बेलायतमा व्यवसाय गरेर बसेका छन् भने रीमाले नेपाली म्युजिक भिडियो र टेलिभिजन प्रस्तोताको रुपमा आफूलाई अगाडि बढाईरहेकी छिन् । सिनेमा ‘स्वर’बाट डेब्यु गरेकी उनले त्यसपछि, ऋतु, बाटो मुनिको फूल, भाले फाईट जस्ता सिनेमामा काम गरेकी छिन् ।
हर्षिका श्रेष्ठ

अभिनेत्री हर्षिका श्रेष्ठले विवाह पछि पनि सिनेमालाई समय दिन्छु भनेकी भएपनि सोचेजति समय दिन भने सकेकी छैनन् । भारतीय व्यवसायी प्रसुन झुन्झुनवालासँग विवाह गरेपछि हर्षिका भारतको कोलकत्तामा बस्दै आएकी छिन् । प्रसुन मोबाईल कम्पनीका मालिक हुन् । मिस्टेक, नागबेली, मेरी कुसुम लगायतका सिनेमामा हर्षिकाले काम गरेकी छिन् ।

उज्यालो र forseenetwork को सहकार्य

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update