बस दुर्घटनामा परी ४३ जनाको मृत्यु

shyane.com.np | 9:16 PM | 0 comments

हरारे, २५ जेठ । जिम्बाबेमा बुधबार भएको बस दुर्घटनामा परी ४३ जनाको ज्यान गएको छ । बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना हुन पुगेको बताइएको छ ।

हामीलाई भनिएको छ कि बसको चालकले नियन्त्रण गुमाउदा बसमा सवार रहेका कम्तीमा पनि ४३ जनाको ज्यान गएको छ– हरारेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना बुधबार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार सो बस दुर्घटनामा पर्नुमा अरु त्यस्तो कुनै कारण देखिएाको छैन, र यसको प्रकृति हेर्दा चालकले गति गुमाउन पुगेको देखिएको छ ।

सो बस जाम्बियातर्फ जादै गरेको थियो । तर जिम्बाबेमा नै सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको ज्यान गएको थियो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update