एक सय १६ जना यात्रु बोकेको सैन्य जहाज वेपत्ता

shyane.com.np | 8:45 AM | 0 comments

काठमाडौँ: एक सय १६ जना यात्रुसहित उडेको एउटा सैन्य जहाज म्यान्मारमा वेपत्ता भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारको स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ३५ मिनेटमा म्येइकबाट याङ्गुनका लागि उडेको सैन्य जहाज वेपत्ता भएको हो ।

यात्रुसहितको सैन्य जहाज वेपत्ता भएको पुष्टि म्यानमारको सैनिकले पनि गरेको छ । जहाज वेपत्ता भएपछि अहिले खोजीकार्यलाई तीब्र बनाइएको छ ।

समाचार अनुसार यो जहाज म्यानमारको दवेईबाट करिब २० माइल पश्चिमको अन्डमान सागरमाथिबाट जहाज वेपत्ता भएको हो ।

वेपत्ता भएको जहाजमा दक्षिण पुर्वी एसियाली देशको दक्षिणी तटीय क्षेत्रमा तैनाथ सैनिकहरुका नातेदार र परिवार रहेका बताइएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update