मरिसकेको मालिक आउने आशमा तीन बर्षदेखि पर्खेर बस्यो यो कुकुर

shyane.com.np | 9:27 PM | 0 comments

एजेन्सी
कुकर बफादार जनावर हो । अहिलेसम्म हामीले सन्दै आएका छौँ तर यो समाचार पढिसकेपछि जोकाहीले यसको प्रमाण पनि पाउन सक्छन् ।

आजभोली यो कुकुरको तस्बीर खुबै चर्चाको बिषय बनेको छ । यो तस्बिर दक्षिण कोरियाको बुसान शहरको हो । कुकरको नाम हो फू शि ।

एक वेबसाइटका अनुसार विगत तीन बर्षदेखि यो कुकर एक घरनजिकै आफ्नो मालिकलाई प्रतिक्षा गरिरहेको छ । रिपोर्टका अनुसार एक महिला फू शिलाई आफ्नो घर लिएर आएकी थिइन् त्यसपछि महिलाले धेरै लामो समय फूशिलाई आफूसँगै राखिन् ।

एक दिन अचानक महिलाको दिन बिग्रियो अर्थात उनी अस्पतालमा भर्ना भइन् । ब्रेन ह्यामरेजको कारण उनको अस्पतालमै मृत्यु भयो । आफ्नो मालिकको मृत्यु भइसकेको यतिका बर्ष बित्दा पनि कुकुर भने उही मालिकको प्रतिक्षा गरिरहेको छ ।

फु शि हरेक दिन उही महिलाको घरको तल जान्छ अनी महिला आउने बाटो हेरिरहन्छ । यतिसम्म की कुकुरले केही समयअघिबाट मालिकसँगको विछोडको कारण राम्रोसँग केही पनि खाएको छैन । कुकुर सधैँजसो उदास देखिन्छ ।

मानिसहरुले एनिमल रेस्कु टिमलाई सूचना दिएपछि आएको टोलीले भेटेरीनरी डक्टरसँग चेक गराउँदा कुकुरको उमेर ८ बर्ष भएको पत्ता लाग्यो । कुकुरको आन्द्रामा संक्रमण भएको देखियो । जसको कारण कुकुरको अवस्था बिग्रिरहेको थियो । केही समयपछि कुकुरको उपचार सफल भयो । फू शिलाई अहिले नयाँ परिवारले एडप्ट गरेका छन् र उसको नाम स्काई राखिएको छ । dcnepal

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update