आमिर खानले लिए अहिलेसम्मकै महंगो पारिश्रमिक

shyane.com.np | 9:24 PM | 0 comments

बलिउड अभिनेता आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’को लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । उनले आगामी दिवालीमा रिलिज हुने चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को लागि मुनाफाको ७० प्रतिशत हिस्सा लिने भएका छन् । जबकी शाहरुख खान, अक्षय कुमार र सलमान खान पनि आफ्नो फिल्मबाट उठेको फाइदाको हिस्सा लिने गर्छन् । आमिरको नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अमिताभ बच्चन, क्याट्रिना कैफ र फातिमा सना शेख पनि प्रमुख भुमिकामा देखिनेछन्।

आमिर खानका हरेक चलचित्रले लगानी भन्दा कयौँ गुणा आम्दानी गर्नुले पनि आमिर खानको पारिश्रमिक बढेको हो । आमिरका पछिल्ला सबै चलचित्रले तीन सय करोड माथिको ब्यापार गरेका छन् । दंगल चलचित्रले त झन चिनमा १ हजार करोडको ब्यापार गर्दै बाहुबलीको वल्र्डवाईड कलेक्सनको रकेर्ड तोडेको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update