प्रहरी चौकीमा आक्रमण, पाँच सुरक्षा अधिकारी मारिए

shyane.com.np | 11:22 AM | 0 comments

३१ असार, एजेन्सी । इजिप्टेली प्रान्त गिजामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले गरेको आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारी मारिएका छन् ।

गृह मन्त्रालय स्रोतले शुक्रबार उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिएकामा तीनजना हालैमात्र सेवामा प्रवेश गरेका थिए ।

दक्षिणीपश्चिमी कायरोको बर्दासिन जिल्लामा रहेको सो चौकीमा आक्रमण भएको थियो । इजिप्टको एक आधिकारिक समाचार समिति मेनाले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएका छन् ।

यद्यपि स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले सो आक्रमण गरेको बताएका छन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update