पृथ्वीमा छैटौं महाविनाश सुरु, वैज्ञानिकले दिए यस्तो चेतावनी

shyane.com.np | 2:17 PM | 0 comments

लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् । पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा जीवहरुको प्रजाति लोप हुँदै छ । वैज्ञानिले जनावरको घट्दो संख्यालाई ‘विश्वव्यापी महामारी’ भनेका छन् । र यसलाई पृथ्वीमा छैटौं महाविनाशको हिस्सा पनि भनिएको छ ।

पहिलेका ५ महाविनाशलाई प्राकृतिक घटना मानिन्छ । तर अबको छैटौं महाविनाशको कारण भने ठूलो संख्यामा जनावरहरुको भौगोलिक हिस्सामा मानवीय कब्जा बढ्नुलाई मानिएको छ । मेक्सिको सिटीको विश्वविद्यालयका रिसर्चर गेरार्दो सेबायोशको भनाइ छ कि यो खोज हालका लागि शैक्षिक रिसर्च पेपरका लागि गरिएको हो । अहिले नै यसका बारेमा केही भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।

अनुसन्धनका अनुसार जमिनमा रहने सबै स्तनधारी, उभयचर, सरिसृपको ३० प्रतिशत हिस्सा लोप भइसकेको वैज्ञानिकहरुको दावी छ । विश्वको धेरै ठाउँमा स्तनधारी जनावरको बासस्थान घट्दै गएका कारण उनीहरुको संख्यामा ७० प्रतिशतसम्म कमी आएको छ । जस्तै विश्वभर चितुवाको संख्या मात्र ७ हजारमा सीमित भएको छ ।

यस्तै अफ्रिकी बाधको संख्या साल १९९३ देखि अहिलेसम्म ४३ प्रतिशले घटेको वैज्ञानिकको भनाइ छ । वैज्ञानिकहरुका अनुसार गएका १०० वर्षमा २०० भन्दा बढी प्रकारका जीवहरु लोप भइसकेका छन् ।

News Source: Lokaantar.com

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update