किन भयो पल पुजामा ठुस्का–ठुस्की ? (भिडियो)

shyane.com.np | 8:43 PM | 0 comments

असार ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को तश्रो गीतको भिडियो सार्वजनिक भएको छ । ‘म यस्तो गीत गाउँछु’ बोलको शिर्ष गीतमा पल र पुजालाई नै फिचरिङ गरिएको छ । उनीहरु दुवैलाई गीतको भिडियोमा निराश मुद्रामा देखिएको छ ।

प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा देखिएका निकै मनमोहक र लोभलाग्दो दृश्यहरु संजय लामाले खिचेका हुन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् भने गीतको शब्द दिग्गज धौरलीले लेखेका हुन् ।

सुदर्शन थापा प्रोडक्सननको प्रस्तुतीमा बनेको फिल्ममा स्वयं निर्देश सुदर्शन थापा र नायिका पुजा शर्माको लगानी रहेको छ । चलचित्रमा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।gazzabkoonline हेरौँ भिडियोः

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update