प्रहरीका आशालाग्दा किरण, काठमाडौंमा गुन्डाराजको अन्त्य…

shyane.com.np | 9:48 PM | 0 comments

सर्वेन्द्र खनालको प्रहरीमा बेग्लै परिचय छ । व्यवसायिक मूल्य मान्यतामा कहिल्यै सम्झौता नगर्ने वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र संगठनभित्र जति लोकप्रिय छन्, बाहिर पनि उनको छवि आकर्षक छ । बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यवसायिक शैलीका कारण उनी सधै चर्चा रहन्छन् । चर्चा उनले गरेका उदाहरणीय काम र साहसिक अप्रेशनका कारण हुन्छन् ।

उनलाई झारा टारेर जागिर खान तथा जोगाउन मन पर्दैन । समाज र देशका लागि के गरौं भन्ने सोच र सपना उनीसँग हुन्छ । जताततै बेतिथि र अराजकता देखेर कहिलेकाँही उनलाई दिक्क पनि लाग्छ तर उनी हरेश खाँदैनन् । उनी आफैलाई सोध्‍न थाल्छन्, दिक्क मानेर आखिर कहाँ भाग्ने ? अरु कसले सुधारिदिन्छ त ?

जहाँजहाँ संकट पर्छ, त्यहाँ सर्वेन्द्रको माग हुन्छ । संकटका घडीमा समाधानको सूत्र बनेर उनी फिल्डमा खटिन्छन् । सत्ताइस वर्ष लामो व्यवसायिक यात्रामा उनले थुप्रै महत्वपूर्ण मोर्चाको कमान्ड समालेका छन् तर कुनै पनि अप्रेशन तथा मिसनमा उनी असफल भएका छैनन् । जोखिमसँग जुध्‍न र संकटलाई सामना गर्न उनलाई मन पर्छ किनकी त्यो साहस र धैर्य उनीसँग छ ।

पुलिसमा जागिर खाए पनि उनी अलि एकेडेमिक खालका छन् । लेखपढमा उनको रुचि छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दाहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेर आफूलाई सधै अपडेट राख्‍ने सर्वेन्द्र प्रखर वक्ता पनि हुन् । प्रहरीका वरिष्ठ उपरीक्षक सर्वेन्द्र आगामी नेतृत्वका लागि स्वभाविक दाबेदार हुन् । भावी आइजीपीको रुपमा उनको चर्चा सुरु भइसकेको छ र संगठनभित्र पनि उनलाई त्यो दृष्टिले हेर्न थालिएको छ ।

आफ्ना सहकर्मीसँग उनी सधै एउटै कुरा भन्‍ने गर्छन् , ‘भर र डर नभएपछि काम गर्न गाह्रो हुँदैन । हुन पनि उनको शैली र चरित्रले त्यसलाई पुष्टि गरेको छ । गलत गरेपछि डर पनि हुन्छ र कसैको भर पनि पर्नुपर्छ । तर बद्‍मासी नगरेपछि दुवैबाट मुक्ति मिल्छ, जुन चरित्र सर्वेन्द्रले कायम राखेका छन् ।’ बेथिति, अपराध र गुन्डागर्दीमा उनको शून्य सहनशिलता छ । उनले थुप्रै गुन्डा र डाँकाहरुसँग इनकाउन्टर गरेका छन् । उनीसँग इनकाउन्टर भएका कुनै पनि गुन्डा तथा डाँका फुत्किन पाएका छैनन् ।

२०४८ सालको कुरा हो, कपिलबस्तुमा मिर्जा दिलसाद बेगको क्षेत्रमा चुनाव गराउन उनलाई खटाइएको थियो, जतिबेला उनी इन्स्पेक्टर थिए । नाकासँग जोडिएको निकै जोखिमपूर्ण र संवेदनशिल अवस्थामा पनि उनले छोटो समयमा चुनावका लागि सहज सुरक्षा वातावरण तयार गरिदिए र चुनाव सफल भयो । त्यस्तै २०५१ को मध्यावधिमा मोरङमा अवस्था निकै संवेदनशिल थियो, गिरिजाबाबुलाई नै कसरी चुनाव गराउने भन्ने तनाव थियो । सुरक्षा व्यवस्थापनका लागि उनी काठमाडौंबाट विराटनगर खटिए । उनको कुशल सुरक्षा व्यवस्थापन देखेर त्यतिबेला गिरिजाबाबुले पनि प्रशंसा गरेका थिए ।

शान्ति सम्झौतापछिको संक्रमणमा माओवादीका वाइसिएल क्याम्पहरुको बिगबिगी नागरिक सुरक्षाका लागि चुनौती बनेको थियो । त्यसलाई नियन्त्रण गर्ने अगुवा बनेका थिए, सर्वेन्द्र । बालाजु औद्योगिक क्षेत्रमा वाइसिएलले क्याम्प खडा गरेर बसेको थियो, त्यसलाई खाली गराउन सर्वेन्द्र आफै फिल्डमा खटिए । त्यसमा उनले सबैतिरबाट स्याबासी पनि पाए ।

संवेदनशिल संक्रमण, सुरक्षा व्यवस्थापनमा सुझबुझ

माओवादी युद्ध त्यागेर शान्ति प्रक्रियामा सहभागी हुने क्रममा भएका राजनीतिक संवाद र गतिविधिलाई उनले निकै नजिकबाट नियाल्ने मौका पाए । माओवादीहरु शान्ति प्रक्रियामा फर्किदा उनी काठमाडौं प्रमुख थिए । बालुवाटारमा प्रचण्ड र बाबुराम सार्वजनिक हुनुअघि गोकर्ण, सिंहदरबार र गोदाबरीमा भएका थुप्रै चरणका वार्ताको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा उनले पाएका थिए ।

शान्ति सम्झौता भएर लडाकुहरु शिविरमा जम्मा नभइसकेको निकै संवेदनशिल संक्रमण भएकोले सुरक्षा व्यवस्थापन आफैमा चुनौतीपूर्ण कार्य थियो । माओवादी लडाकुहरु पनि बन्दुक लिएर हरेक वार्तास्थलमा पुग्थे र त्यहाँ कमान्ड लिन खोज्थे । तर त्यसलाई निकै सुझबुझका साथ उनले व्यवस्थापन गरे र कुनै पनि वार्ता स्थलमा लडाकुहरुलाई हावी हुन दिएनन् । कतिपय अवस्थामा विवाद र तनाव पनि भयो, त्यसलाई पनि उनले सावधानीपूर्वक व्यवस्थापन गरे । राज्यको उपस्थितिलाई कतै पनि कमजोर हुन वा तल पर्न उनले दिएनन् ।

आन्दोलनको कुशल व्यवस्थापक

भिडको मनोविज्ञान र गति बुझ्नसक्ने कुशल भिड व्यवस्थापकको पहिचान पनि सर्वेन्द्रले बनाएका छन् । जब कुनै आन्दोलन निर्णयक विन्दुमा पुग्छ वा पुलिस नै भाग्‍नपर्ने अवस्था आउँछ, त्यतिबेला हेडक्‍वार्टरबाट सर्वेन्द्रको सम्झना हुन्छ, तुरुन्त उनलाई खटाइन्छ । मदन भण्डारीको अगुवाइमा २०४८ मा भएको आन्दोलन नियन्त्रणमा उनी नै खटिएका थिए । यही आन्दोलनमा रत्‍नपार्कमा धेरै रेलिङ तोडिएका थिए ।

उनले आफ्ना सहकर्मीहरुसँग भन्‍ने गर्छन् , आन्दोलन आफैमा विद्रोह होइन । यसलाई ट्याक्टफुल्ली म्यानेज गर्नुपर्छ । राज्यको उपस्थिति कमजोर हुनु हुँदैन ।’सर्वेन्द्र जुनजुन ठाउँमा नेतृत्व लिएर बसे, त्यहाँ उनले ठगी र गुन्डागर्दीविरुद्ध विशेष अप्रेशन नै चलाए । उनी बेलाबेला भन्‍ने गर्छन् , गुन्डा र ठगहरुसँग मेरो ग्रह मिल्दैन । कि म हुन्छु कि उनीहरु हुन्छन् । बारा र पर्सामा सिमावर्ती अपराध र ठगीमा संलग्न धेरै डाकाहरुलाई उनले ढालेका थिए र त्यसपछि सिमावर्ती क्षेत्र शान्त भएको थियो ।

जनकपुरमा २०६६ मा सञ्जय तक्लाले आन्दोलन चर्काएपछि अवस्था निकै गम्भीर बनेको थियो । सर्वेन्द्र त्यतिबेला पोखरामा थिए । उनलाई काठमाडौं झिकाएर जनकपुर समाल्न पठाइयो । उनी फिल्डमा खटिनासाथ आन्दोलन मत्थर भयो र उनले तक्लालाई तत्कालै नियन्त्रणमा लिए । त्यसपछि अवस्था सामान्य भयो । भूमिगत समूहसँग मिलोमतो गर्ने डिएसपीलाई उनलाई घटुवा गर्नेसम्मको साहसिक निर्णय पनि लिए । घटुवा नगर्न उच्च राजनीतिक तहबाट निकै दबाब थियो तर उनले टेरेनन् । लुटपाट र ठगीमा संलग्न अन्य गिरोहलाई पनि उनले कडाइका साथ नियन्त्रणमा लिए । त्यसपछि जनकपुर शान्त भयो । अहिले पनि सर्वेन्द्र जनकपुर जाँदा स्थानीयहरु झुम्मिन्छन् ।

बीरगञ्जमा अञ्‍चल प्रमुख भएर बस्दा पनि उनले तस्करी नियन्त्रणमा निकै उदाहरणीय भूमिका निर्वाह गरेका थिए । नाकाबाट तेल ल्याउने क्रममा हुने चोरी र चुहावटमा संलग्‍न गिरोहलाई उनले नै पर्दाफास गरेका थिए ।

युवराज दीपेन्द्रले भन्दा पनि गुन्डा छोडेनन्

दरबारमार्गमा प्रमुख हुँदा उनले गुन्डागर्दीविरुद्ध निकै साहसिक अप्रेशन चलाए । दरबार निकट तथा राजपरिवारका आफन्तलाई समेत उनले छोडेनन् । एकपटक उनले राजु राणालाई हतियारसहित पक्राउ गरे । दरबार र्छिन लागेका युवराज दीपेन्द्र आफै गाडीबाट ओर्लेर सोधे, सर्वेन्द्र उनीहरुलाई किन समातेको ? विनम्र शैलीमा साहसका साथ उनले भनेका थिए, ‘सरकार, हतियारसहितका गुन्डाहरुलाई छोड्नु हुँदैन ।’ त्यसपछि दीपेन्द्र पनि चुप लागेर आफ्नो बाटो लागेका थिए । दीपेन्द्रले सोध्नुअघि एआइजीदेखि थुप्रै ठाउँबाट उनलाई प्रेसर आएको थियो तर उनले मानेनन् ।

नारायणहिटीको साँचो बुझ्दा

व्यवसायिक यात्रामा एउटा महत्वपूर्ण अवसर पनि सर्वेन्द्रलाई जुरेको छ । पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडेपछि नारायणहिटीको साँचो बुझ्ने सरकारको प्रतिनिधि सर्वेन्द्र खनाल थिए । यसका लागि ठूलो हानथाप र चलखेल भएको थियो । जेठ १५ मा संविधानसभाले राजतन्त्र अन्त्यको घोषणा गर्‍यो।

एक सातापछि राजाले नारायणहिटी छोडे । त्यसपछि साँचो बुझ्‍ने विषयमा विवाद हुन थाल्यो । सेनाले सजिलै छोड्ने अवस्था थिएन । सुरक्षा बैठकमा सर्वेन्द्रले नारायणहिटी नागरिक सम्पत्ति भएकोले यसको जिम्मा अब प्रहरीले लिन्छ भन्दा कसैले ‘तपाईलाई त चाँडै नै गणतन्त्र आइसकेछ’ भन्दै व्यंग्य पनि गरेका थिए । तर उनी विचलित भएनन् र संविधानअनुसार अघि बढौं भनिरहे । अन्ततः सेनाले दरबारको साँचो बुझायो र बुझ्‍ने व्यक्ति उनै नै थिए ।

काठमाडौंमा गुन्डाराजको अन्त्य

काठमाडौं प्रहरी प्रमुख बनेपछि सर्वेन्द्रले एउटा अठोट लिए, काठमाडौंमा गुन्डाराज अन्त्य गर्ने । यसका लागि उनले अनेक दबाब र जोखिम मोल्दै साहसिक अप्रेशन चलाए ।

हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा लिने, ठेक्कापट्टामा गिरोहबन्दीजस्ता अपराधिक धन्दाहरुको अखडा जस्तै थियो काठमाडौं । सर्वेन्द्रको सक्रियतासँगै यी धन्दाहरु सेलाए र काठमाडौं शान्त पनि भयो । यस्ता धन्दा तथा अपराधविरुद्ध कानुनी लडाइसँगै उनले केही गुन्डा र गिरोहसँग इन्काउन्टर पनि गरे ।

काठमाडौं प्रहरी प्रमुख हुँदा विद्युत चुहावटविरुद्ध उनले निकै कडा अप्रेशन चलाएका थिए । कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको घोषणा गर्ने अवस्थाको जग सर्वेन्द्रले निर्माण गरिदिएका थिए । राजनीतिक तथा प्रशासनिक दबाबलाई समेत इन्कार गर्दै उनले चुहावटमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएका थिए ।

त्यसैगरी विद्यार्थी ठग्ने एजुकेशन कन्सल्टेन्सीलाई सर्वेन्द्रले नै ठेगान लगाएका थिए । उनको सक्रियताका कारण एजुकेशन कन्सल्टेन्सीहरुको मनपरी नियन्त्रणमा आएको थियो । उनको सक्रियतापछि एजुकेशन कन्सल्टेन्सीमा धेरै सुधार पनि आयो र सरकारी निकायको प्रत्यक्ष नियमन तथा अनुगमन पनि सुरु भयो ।

म्यानपावर कम्पनीहरुको ठगीलाई नियन्त्रण गर्न पनि सर्वेन्द्रले एउटा विशेष टास्क फोर्स नै खटाएका थिए । म्यानपावर कम्पनीहरुले श्रम मन्त्रालयका कर्मचारीसँग मिलोमतो गरेर धन्दा संचालन गरेको रहस्य मन्त्रालयकै कम्प्युटर कर्मचारीलाई समातेर उनले पर्दाफास गरेका थिए । राजधानीमा जथाभावी संचालन भएका मनी चेन्जरहरुलाई पनि उनले कानुनको दायरामा ल्याएका थिए र केहीलाई बन्द गराएका थिए ।तीन पाङ्ग्रे र विक्रम टेम्पु हटाउने अप्रेशनको कमान्डर पनि उनी बनेका थिए । धेरै तिरबाट दबाब थियो नहटाउन तर उनले हटाइछाडे । टुँडिखेलको हङकङ बजार पनि उनले नै विस्थापन गरेका थिए ।

म्याच फिक्सिङको भन्डाफोर

शायद कसैले सोचेका पनि थिएनन् होला , फुटबलमा स्टार बनेका केही खेलाडीबाट यति घिनलाग्दो गद्दारी र घोटला भइरहेको छ भनेर । निकै गहन अनुसन्धान र अध्ययनपछि सर्वेन्द्रले फुटबलमा भइरहेको म्याच फिक्सिङको धन्दा र गिरोहलाई भन्डाफोर गरिदिए ।

यो कुनै सामान्य घटना मात्र थिएन । सिंगो राष्ट्रमाथि भइरहेको बेइमानी र घातसँग जोडिएको निकै भयानक प्रकरण थियो, जसको पर्दाफास सर्वेन्द्रको सक्रियता र सुझबुझबाट मात्र संभव भयो । नेपालको फुटबलको विकासमा यो प्रकरण आफैमा एउटा कोशेढुंगा बनेको छ, म्याच फिक्सिङको छानबिन र कारबाहीपछि फुटबलमा नेपालले निरन्तर उत्साहपूर्ण सफलता हासिल गर्दै आएको छ । यसको महत्वपूर्ण श्रेय सर्वेन्द्रलाई पनि जान्छ । जसले सिंगो फुटबल क्षेत्रलाई थप बद्नामीबाट जोगाए , शुद्ध र व्यवसायिक बनाइदिए । आज सबै खेलाडी र खेलप्रेमीले हरेक सफलतामा सर्वेन्द्रको सम्झना मात्र होइन, उनलाई सलाम गरिरहेको अवस्था छ ।

सर्वेन्द्र फुटबलप्रेमी मात्र होइन, उनी खेलाडी पनि हुन् । फुटबलमा नेपाल निरन्तर हारेको खबरले उनी दिक्क हुन्थे । खेलाडी राम्रा छन्, खेल पनि राम्रो छ, प्रोत्साहन पनि गजबको छ तर किन सधै हार मात्रै हात लाग्छ ? यस्ता प्रश्नले उनको मन घोचिरहन्थ्यो । कहिलेकाँही उनलाई लाग्थ्यो, कतै केही गडबढ छ कि ? सर्वेन्द्र आफ्नै तरिकाले यसको अध्ययन र खोजबिनमा लागे । केही प्रारम्भिक तथ्यहरु मिलेपछि उनी गम्भीर भए । फिफासँग बुझें। उनी मेलेसिया र सिंगापुर गएर अध्ययन गरे ।

सबै प्रमाण जुटेपछि उनले संलग्न खेलाडी तथा अन्य सदस्यलाई पक्राउ गरी अदालतमा मुद्दा दायार गरे । यसमा सर्वेन्द्रले सबैतिरबाट स्याबासी पाए । संभवतः सर्वेन्द्रको करिअरमा सबैभन्दा सन्तुष्टी मिलेको महत्वपूर्ण काम नै यही थियो । – नेपालताराबाट

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update