काठमाडौंको सुन्दरीजलमा भीषण आगलागीमा परी जलेका घाइते गाइलाई बेलायती मलमपट्टी

shyane.com.np | 6:48 PM | 0 comments

काठमाडौं- काठमाडौंको सुन्दरीजलमा असार ३ गते गाई फार्मममा लागेको आगोमा परी घाइते भएका गाईलाई बेलायती संस्था वर्ल्ड वाइड भेटेरिनरी सर्भिसले स्नेहा केयरसँग समन्वय गरी औषधोपचार गरेको छ ।

आगलागीमा परी उक्त गाई फार्ममा भएका १२२ गाई मध्ये बाँचेका १५ वटा गाइलाई स्नेहा केयरको समूह र भेटेरिनरीले उपचार गरेको बताइएको छ ।डब्लूभीएसले पोलेको घाउको उपचारमा प्रयोग हुने फ्लामाजाइन क्रिम पार्सल गरी पठाइसकेको जानकारी दिएको बताइएको छ ।

यसो त उक्त बेलायती संस्थाले नेपालको महाभूकम्पका बेला दुर्घटनामा परेका जनावरको उपचार र उद्दारका लागि आफ्नो समूह नेपालमा पठाएको थियो र दिल खोलेर सहयोग गरेको थियो ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update