मलेसियाबाट घर आउँदा दैलोमा उम्रिएको झार देखेर मन सहाल्न सकिन

shyane.com.np | 5:58 PM | 0 comments

सागर बिक्रम बस्नेत/रामेछाप ।

असार २० – रोजगारीका लागि मलेसिया पुगेका रामेछापका तिलक तामाङ राती अबेर कामबाट कोठा फर्किनुभयो । होटलमा काम गर्ने भएकाले उतै खाना खाएर आउनुभएको थियो । कोठामा आइपुगे पछि उहाँले सधै झैं फेसबुक खोल्नुभयो । तिलकको यो दैनिकी नै बनिसकेको थियो ।

दिनभरी होटलमा फुर्सद नहुने भएपछि तिलक परिवारसँग राति मात्रै कुरा गर्नुहुन्थ्यो । छोरा र श्रीमतीबाट पहिलो चोटि टाढिएका तिलक साँझको पर्खाइमै दिन बिताउनु हुन्थ्यो । उहाँका आँखा फेसबुक म्यासेन्जरमा थिए ।

श्रीमतीले म्यासेन्जरबाटै फोटो पठाउने भएकाले पनि तिलकको मन त्यतै हुन्थ्यो । तर उहाँको म्यासेन्जरमा त्यो दिन फोटो आएको थिएन । बरु श्रीमतीले अर्कैसित बसेर खिचेको फोटो ट्याग गरेकी थिइन् ।

सात वर्षे छोराको फोटो हेरेर मुस्कुराउदै निदाउने तिलकलाई त्यो फोटो देखेपछि एकछिन त सबै अन्धकार लाग्यो । फोटो छोरा र श्रीमतीको थिएन ।
त्यो फोटो श्रीमतीले अर्कैसँग बिहे गरे भनेर जानकारी दिएको फोटो थियो । आफूले विहे गरेका युवासँग अंगालो हालेको फोटो उनले तिलकको फेसबुकमा ट्याग गरिदिएका थिए ।

‘आज आफैले फोटो ट्याग गरिछन भन्दै खुसी हुँदै खोलेको त जोडीको फोटो पो मलाई ट्याग गरिदिएकी रैछिन,’ तिलकले भन्नुभयो, ‘छोरो सम्झेर रोएँ, आँखैले फोटो देख्दा पनि उनले त्यसो गरिन् भनेर पत्याउन गाह्रो पर्‍यो ।’ उहाँलाई छरछिमेकीले श्रीमतीको बारेमा नसुनाएका हैनन् । तर उहाँले कसैको विश्वास गर्नुभएन । उहाँलाई श्रीमती समिताले त्यस्तो गर्छिन भन्ने कहिल्यै लागेन ।

त्यसैले गाउँलेका कुरा सुन्न पर्छ भन्ने पनि लागेन । श्रीमतीले नै अर्को श्रीमानसँग बसेको फोटो ट्याग गरेपछि मात्रै उहाँ झस्कनुभयो । तिलकको तीन जनाको परिवारमा पैसा बाहेक केहीको कमी थिएन । श्रीमती विरामी पर्दा लागेको ९० हजार ऋणको पनि साँवा ब्याज तिर्न सक्नुभएको थिएन ।

गाउँका सबैजना विदेश गएको देखेपछि उहाँ श्रीमतीकै करले उहाँ पनि विदेश जानुभएको थियो । परिवारकै खुसीका लागि परदेशिएका तिलकको अहिले घरबार उजाडिएको छ । पहिलो भेटमै मनपरेकी केटीलाई तिलकले बिहे गरेका थिए । प्रेम सम्बन्ध भएपनि उनीहरुले परिवारकै सल्लाहमा विवाह गरेका थिए ।
बिहे गरेको एक वर्ष पछि छोरा जन्मदा समिता र तिलकको भुँईमा खुट्टा थिएन । आफू परदेशमा भएको बेला समिताले छोरा छाडेर हिँडेपछि तिलकलाई न गरिखानु न मरिजानु भने भैं भएको छ ।

छाक टार्नै गाह्रो भएपछि तिलकले विदेश जानु अघि रामेछापको रामपुर भञ्ज्याङमा दुई लाख ५० हजार ऋण गरेर सहकारी पसल पनि राखिदिनु भयो । तिलक गाउँमा समाजसेवा गर्नुहुन्थ्यो ।

तर उहाँको समाजसेवा र समिताको पसलको कमाइले उहाँको गर्जो टरेन । श्रीमतीले पनि ऋण तिर्नकै लागि विदेश जानु भनेपछि सासुको साथमा समितालाई छाडेर तिलक २०७१ सालमा मलेसिया जानुभएको थियो ।

मलेसियामा कमाएको पैसा महिनैपिच्छे समितालाई पठाउनुहुन्थ्यो । तिलकको सम्पत्ति भनेको समिता र छोरा मात्रै थिए । ‘उनले किन यसो गरिन् त मैले बुझिन, तर मेरो विश्वासघात गरेकोमा उनलाई धन्यवाद् भन्छु,’ तिकल भक्कानिनुभयो ।
उनको र मेरो दूरी यसरी बढ्यो

मलेसियमामा होटलमा काम गर्थें । कमाएको पैसा जोगाएर उनको नाममा आइएमई गरिदिन्थें । विवाह पछि साथ नछोडेको हुँदा फुर्सदको समयमा उनीसँग फोनमा कुराकानी गर्थें । उनी रोएजस्तो गर्थिन्, म फकाउँथे ।

विदेश जाँदा लागेको ७० हजार रुपैयाँ ऋण थियो । गएको महिना दिन पछि साथीहरुसँग ऋण गरेर ९२ हजार घरखर्च पठाइदिएँ । दिनहरु बित्दै थिए । उनको सम्झनामा दिनहरु काट्थे । छोरा सम्झन्थें । फुर्सदको समयमा हेर्न फेसबुकमा अपलोड गरेका हरेक फोटो मोवाइलमा डाउनलोड गर्थें । दुई वर्षसम्म यसैगरी दिन बिताएँ ।

बिस्तारै उनी घरको काममा भन्दा फेसबुकमा ब्यस्त हुन थालिन् । जतिबेला पनि उनलाई फेसबुकमा अनलाइन देख्थें । कहिलेकाही फेसबुकमा धेरै समय नबिताउन अनुरोध गर्थें ।

गाउँका साथीहरुले पनि मलाई अनलाइनमा कुरा गर्दा समिताको बारेमा धेरै कुरा सुनाँउथे । तर मैले विश्वसा गरिन् । उनलाई कहिले पनि नकारात्मक रुपमा हेरिन ।

बिस्तारै होटल, पसल र घरको काममा ध्यानै दिन छाडिन् । बरु उनी गाँउतिरका साथीहरु जम्मा गरेर घरमै भोज लगाउने, रमाइलो गर्नेतिर लागिछन् ।
महिनैपिच्छे उनले मसँग उपचारको लागि भन्दै पैसा माग्थिन् । कहिले आफूसँग भएको पैसा पठाउँथे । कहिले साथीहरुसँग ऋण गर्थें । उनको नाममा पठाएको पैसा जोड्दा नौ लाख ३३ हजार रुपैयाँ पुग्छ ।

आज भन्दा भोली भन्दा नेपाल फर्कने दिन आउँदै गयो । मलाई उनको बारेमा गाउँका साथीहरुले धेरै कुरा भनेका थिए । २०७३ साउनमा फोनमा कुरा हुँदा राम्रोसँग सम्झाएँ । उनले लागेका सबै आरोप मात्रै हो भनिन् । मैले पनि सबै कुरा बिर्सिएँ ।

त्यो भन्दा पछि पनि दसैँ, तिहार, माघे संक्रान्ति र ल्होसार मान्न समेत पैसा पठाएँ । तर उनी काठमाडौंमा ल्होसार मान्न गइछन् । तर मलाई उपचार गर्न गएको भनेकी थिइन् । २०७३ फाल्गुण २७ गते अर्को पुरुषसित विवाह गरिन् ।
दैलोमा उम्रेको झार देखेर मन सम्हाल्नै सकिन

२०७१ असार ९ गते मलेसिया गएका तिलक गएको असार ९ गते नै काठमाडौं आइपुग्नु भयो । काठमाडौंमा पढ्दै गरेको छोरालाई भेटेर तीन दिनपछि रामपुर फर्कनुभयो ।

घरमा एक्लै जाने हिम्मत पनि उहाँसँग थिएन । गाँउमा भएका साथीहरुको साथ लागेर घरमा जाँदा आँगन झाडीमा परिणत भएको थियो । दैलोबाट भित्र जान खोज्नुभयो, दैलोमा उम्रिएका झार देखेर सम्हालिन समेत सक्नुभएन उहाँ ।
उनले गरेको कारोवारको हिसाव छैन

गरिखाने मेलो समाउन गाउँमा सहकारी पसल खोलेको थिएँ । पसलमा अढाई लाख रुपैयाँको सामान थियो । अहिले केही पनि छैन । उपचारका लागि भन्दै उनको दिदीबाट पनि एक लाख लिएकी रैछन् ।

उनको नाममा गाँउमा रहेको नविनतम महिला सहकारी संस्थामा पनि ३५ हजार ऋण छ । पसलको सामान किन्ने होलसेल दोकानमा समेत दुई लाख ५० हजार ऋण छ । मैले पठाएको ९ लाख ३३ हजार रुपैंयाको त झन् हिसावकिताव नै भेटिन । http://ift.tt/2aDfzaf

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update