काठमाडौंबाट यौनधन्दामा संलग्न १६ जना समातिए..

shyane.com.np | 9:46 PM | 0 comments

काठमाडौं,साउन १३ – प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट यौनधन्दामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अनैतिक कार्य गर्ने गराउने गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटी गएको प्रहरीले दुवै संचालक, यौनधन्दामा संलग्न ८ युवती र ६ पुरुष ग्राहकसमेत गरी १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update