पानीमा रुझ्दै अपाङ्गलाई उद्दार गर्ने छात्रा सुजाता भन्छिन, ‘स्कूल गएर पढ्दैमा विद्यार्थी भइदैन’

shyane.com.np | 11:17 PM | 0 comments

श्रावण १०, २०७४- मेरो घर दोलखा, मेलुङ गाउपालिका ४ भेट्पु हो । काठमाडौं पढ्न आएको एक बर्ष भयो । आठ कक्षासम्म गाउँमै पढें । मेरो ममीले गतवर्ष असारमा सुसाइड गर्नुभयो । ममीको मायामा म पागल जस्तै भएँ ।ममीको त्यो घटना भुलाउन बुबाले मलाई काठमाडौंमा नौ कक्षामा भर्ना गरिदिनुभयो । मलाई समाज सेवा गर्न मन लाग्छ । सानैदेखि समाजसेवा गर्ने रुची थियो । यो मौका आइतबार जुर्‍यो । त्यो दिन पानी परेको थियो । चार बजे कक्षा सकियो । एक घण्टा थप ट्यूशन कक्षा लिएँ । पानीमा रुझ्दै नयाँबस्तीस्थित कोठामा जाँदै थिएँ । टोलभरीको ढल सडकबाट बगिरहेको थियो । सधै हिड्ने बोटो ढलले जान नसक्ने भएपछि घुमेर बौद्ध गेटमा निस्किन खोजिरहेको थिए ।

बौद्ध स्तुपा अगाडि पनि ढल थियो । पानी पनि परिरहेको थियो । सजिलो बाटो खोजिरहेको थिएँ । मेरो अगाडि एक जना अपाङ्ग बुबा ह्वीलचेयरमा ढलको पोखरीमा फस्नु भएको देखें । मेरो हातमा बुक थियो । बुक साथीलाई दिएँ । उहाँले सुरुमा आउ आउ भन्नुभयो । सबैले चारैतिरबाट हेरिरहेका थिएँ । उहाँ पानीमा फसेको मैले हेर्नै सकिन । उहाँले मलाई नतान, मैले तिमीलाई आउ भनेको होइन भन्नुभयो । तर, मैले ताने । म चाहिने कुरामा जिद्धि छु । यस्तो पानी परिरहेको छ । तपाईलाई मैले किन तान्ने भनेर सम्झाएँ ।

उहाँ पानीमा फसेको देखेपछि लुगा, जुत्ता पानीले भिज्छ भन्ने लागेन । घरमा एक्स्ट्रा पनि जुत्ता थिएन । घरमा सुकाए । लुगा पनि भिजेको थियो । अर्को लुगा लगाएर भोलीपल्ट विद्यालय आए । जुन काम निरन्तरता दिन्छु पुरा गरेरै छाड्छु । आफू मरेर भएपनि अरुलाई बचाउन चाहन्छु । ढलको पानीले जुत्ता र लुगा भिज्यो । धोएर सफा गर्न सकिन्छ । जो हवीलचियरमा ढलको पानीमा फसेको थियो । बगाउन पनि सक्थ्यो होला । मेरो लुगा फोहोर हुँदैमा मेरो जिन्दगी बर्बाद त हुदैन नि । तर, त्यो मान्छेको एक छिनको कारणले जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले मैले सहयोग गरेको हु । मैले यो कुरा कोठामा भनिन् ।

अरुको सेवा गर्दा आफू मर्न परेपनि परोस जस्तो लाग्छ । ‘गड’ ले हामीलाई हेल्प गर्नुहुन्छ । विद्यालयमा पढ्दैमा विद्यार्थी भइदैन । विद्यार्थी भन्ने वित्तिकै विद्यालयमा आयो । पढ्यो, हल्ला गर्‍यो । जाँचमा राम्रो नम्बर ल्याउदैमा विद्यार्थी बनिदैन । विद्यालयबाट दिएको ज्ञान हासिल गरेर चारित्रिक रुपमा विकास गर्नुपर्छ अनिमात्र देशभक्त बन्न सकिन्छ । असल छोराछोरी र आमाबुबा, प्रेमी–प्रेमिका बन्न सकिन्छ । हामी आजको विद्यार्थी र भोलीको कर्णधार हो । हामीले यस्तो सोच्नु पर्छ की यो देशलाई कसरी उच्च स्थानमा राख्ने ? ज्ञान लिदैमा ठूलो मान्छे हुँदैन । फललाई एक ठाउमा थुपारेर राख्यो भने कुन बेला कुहिन्छ थाहा हुदैन । बाड्यो भने बिउ उमार्न सकिन्छ । त्यसैले ज्ञान मनमा गुम्साएर राख्यो भने कुन बेला नास हुन्छ थाहा हुदैन । बाहिर रुपमा देखाउनु पर्छ । विद्यालयमा सिकेको ज्ञान बाहिर प्रयोग पनि गर्नुपर्छ । लागू गर्नु पर्छ । मैले गाउमा देखेको छु शिक्षकले कक्षामा चुरोट खानु हुदैन भनेर सिकाउछन् । तर, बाहिर गएपछि आफै खान्छन् । शिक्षक सही बाटो हिड्नु पर्छ । यदि शिक्षक नै सही बाटो हिड्दैन भने विद्यार्थी सही हुन सक्दैन । सबैको सोच एउटै नहुन सक्छ । एउटै बेडमा सुतेमा मान्छेको सपना त फरक हुन्छ । एउटै कक्षामा विद्यार्थी सबै सफल हुन्छ भन्ने हुदैन । तर, शिक्षक सही हुनुपर्छ ।

हरेक अपाङ्ग हेपिरहेका छन् । त धनी, म गरिब भन्ने छ । धनीहरु सानो कुरा हुँदा पनि मिडियाद्वारा देखाउछन् तर, गल्ली गल्लीमा कति गरिबहरु मरिरहेका छन् । उनीहरुको अवस्था मिडियाले देखाउँदैनन् । धनी मात्रै मान्छे होइन । गरिब पनि मान्छे हो । हाम्रो देशको देशको नेताहरु सानो कुरालाई ठूलो पार्छन् । देशको विकास गर्न बिर्सछन् । आफनो बारेमा मात्रै सोच्छन् । यसरी ढल फुटेर दुर्गन्धित भएको छ । देशको विकास पूर्वाधार बनाउने नेता छनोट होस भन्न चाहन्छु । देशको नेताहरुले धनीलाई निरन्तरता दिने होइन । गरिबलाई प्राथमिकता दिनुपर्छ ।

दोलखामा हुँदा खासै समाजसेवा गरेको छैन । मलाई अनाथ बच्चालाई पाल्ने सोच छ । पढाई सकाउछु । शिक्षक बन्छु । अनाथ बच्चाको आमा बुबाको माया म उनीहरुलाई दिन चाहन्छु । आमाको कारणले म पागल भए । अनाथ बच्चा मेरो जस्तो हालत नहोस । अनाथलाई एकदमै माया गर्छु । अनाथलाई पाल्ने एकदमै सोच छ । दिनदुखीलाई सहयोग गर्ने सोच मेरो पहिला देखि नै थियो । मेरो साथीहरु बिरामी भयो भने म साह्रै आत्तिन्छु । उनीहरुलाई चोट लागेपनि मलाई दुख्छ । पहिला मेरो कुरा नमानेपछि एकदम रिस उठ्थयो । अहिले सत्रुलाई माया गर्नुपर्छ । बैगुनीलाई गुणले जित्नु पर्छ भन्ने लाग्छ । मलाई रिस पनि उठ्दैन । घमण्ड पनि छैन । लोभ लाचन घमण्ड केही छैन ।

तपाईहरु पनि सामाजिक काम गर्न सक्नुहुन्छ । मनले मात्रै चाहेर हुँदैन । आत्माले चाहनुपर्छ । आत्माको जित जित नै हुन्छ । हार हार नै हुन्छ । तपाईहरु यस्तो नसोच्नुस कि सुताजा गोलेले कस्तो ठूलो काम गर्‍यो भन्ने नसोच्नु होला । म पनि कसरी कसरी त्यो भन्दा ठूलो काम कसरी गर्न सक्छु भन्ने सोच्नुस । म पनि साधारण मान्छे हु । मेरो त परिस्थितिमा परेर सिके । भनिन्छ नि मानिस पढेर होइन, परेर जानिन्छ । तपाई यस्तो घटनामा पर्नु भएको छैन । तपाईलाई अझै पनि सुध्रिने मौका छ । तपाईहरु विद्यार्थीको निम्ति यस्तो दिन कहिले आउछ ? भनेर देश र जनता पर्खिरहेको छ । देश अन्धकार बाटोमा हिडिरहेको छ । हामी उज्यालो बाटोमा लैजानुपर्छ । अरुलाई कुर्ने होइन, आफै गर्नुपर्छ । शुभकार्यमा ढिला गर्नु हुदैन ।

(आइतवार पानीमा भिज्दै एक आपांगलाई उद्दार गरेपछि चर्चामा आएकी महेन्द्र बौद्ध मावि, काठमाडौंका विद्यार्थी गोलेले कान्तिपुरका मकर श्रेष्ठसंग गरेको कुराकानीमा आधारित) स्रोत- कान्तिपुर

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update