श्रावण महिनामा महिलाले हरियो चुरा र साडी लगाउने कारण यस्तो रहेछ

shyane.com.np | 11:12 PM | 0 comments

श्रावण महिना आउन अब केही दिन मात्र बाँकी छदै नेपाली नारि हरुले हरियो चुरा, हरियो कपडा साथै हातमा मेहेन्दी लगाउने सुरु गरेका छन । काठमान्डौं,पोखरा,बुटवल,चितवन लगायतका पूर्वी सहरका कपडा तथा चुरा पाइने पसलहरुमा महिला हरु श्रावण महिना सुरु नहुदै अत्यधिक भिड लाग्ने गरेको हामीले देख्न सक्दछौ ।

श्रावण महिनामा महिला हरुले लगाउने हरियो चुरा, हरियो कपडा साथै हातमा मेहेन्दी लगाउने कारण के रैछ भनेर मुग्लानी खबर को टिमले खोज अनुसन्धान गर्दा कारण हरु यस्तो भेटियो ।

खास यसको धार्मिक महत्व रहेछ । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने विश्वास गरिन्छ ।

हरियो लगाउने कारण ?

ज्योतिष प्रविण मिश्रका अनुसार हरियो रंग सौभाग्यको रंग हो । श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यसका कारण शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर पनि हो । जसका कारण यो महिनामा हरियो रंगका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो । जसका कारण प्रकृतिको साथ रहने र भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने गर्छ ।

शास्त्रमा प्रकृतिलाई इश्वरको रुपमा लिइएको छ । जसका कारण प्रकृतिको पूजा गरिने गरेको छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा अर्चना गर्नुपर्छ जसका कारण आफू र पतिको आयूसमेत बढ्छ ।

सम्पन्नता

हरियो रंग बुद्ध ग्रहको प्रतिक हो । बुद्ध ग्रह भविष्य तथा व्यापारसँग जोडिएको हुन्छ । यस्तोमा हरियो रंग लगाउँदा मन प्रसन्नता हुन्छ भने घरमा सम्पन्नता छाउँछ ।

शिव भगवान प्रसन्न

श्रावणमा हरियो पहिरदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि बेडरुमको दक्षिण पूर्वी हिस्सामा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । everydaykhabar

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update