निर्माता निर्देशकले ज्वरो आउँदा पनि मध्यरातमा दिएको दबाब कहिल्यै भुल्न सक्दिन : नायिका झरना थापा

shyane.com.np | 3:07 PM | 0 comments

काठमाडौं – अभिनेत्री, निर्मात्री हुँदै ‘ए मेरो हजुर–२’ बाट निर्देशकमा ‘बढुवा’ भएकी झरना थापा अचेल भदौ १६ मा रिलिज हुने यही फिल्मको प्रोेस्ट प्रोडक्सनमा खटिएकी छिन् । अब भने उनी पब्लिसिटीमा पनि खटिनुपर्नेछ । विगत दुई दशकदेखि फिल्म अभिनय तथा निर्माणमा सक्रिय उनले सो अवधिमा थुप्रै आरोह–अवरोह ‘फेस’ गरेकी छिन् । फिल्मकारिताका क्रममा आफूलाई विशेष लागेका पल तथा घट्नाबारे झरनाले नयाँ पत्रिकाका रामजी ज्ञवालीलाई बताएकी छिन् ।

बुबाआमा मान्नुहुन्थेन

मलाई सानैदेखि कलाकारितामा रुचि थियो । तर, घरमा बुवाआमाले कहिल्यै नाच्न गाउन दिनुहुँदैनथ्यो । स्कुलमा हुने कार्यक्रममा साथीहरू नाच्थे । तर, मलाई अनुमति थिएन । मेरा अभिभावक छोरी मान्छेले नाच्नुहुँदैन भन्नुहुन्थ्यो । म कलाकार बन्छु भन्दा उहाँहरू मान्नुहुन्थेन । घरबाहिर नाच्न नपाए पनि म घरभित्र ढोका थुनेर एक्लै नाच्थेँ । अधिक रुचि भएर होला, मैले नाच्न आफैँ सिकेँ ।
एसएलसीपछि कलेज पढ्न दाङबाट काठमाडौं आएँ । कलाकारितामा गहिरो रुचि भएकाले कलेजमा डान्स विषय लिएर पढ्न थालेँ ।

नृत्यसम्बन्धी प्रतियोगितामा भाग लिन थालेँ । सबैले राम्री छेस्, हिरोइन बन्नतिर लागे भनेर उक्साउँथे । पिके कलेजमा नृत्यमा राम्रो गरेर मैले तत्कालीन राजारानी वीरेन्द्र र ऐश्वर्याको हातबाट पुरस्कार पाएकी छु । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायतका ठुल्ठूला नेताबाट पुरस्कार पाउँदा म निकै खुसी भएँ । कलाकार नै बन्ने अठोट लिएँ । कसोकसो ‘दाइजो’ फिल्मबाट अभिनयमा प्रवेश गरेँ । तर, त्यो फिल्म समयमा प्रदर्शन भएन । बिहेपछि भने ‘धर्मसंकट’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरे । हिरोइनका रूपमा नाम कमाउँदै गएपछि भने बुबाआमा मेरो निर्णयप्रति खुसी हुनुभयो ।

सुटिङमा डाँको छोडेर रोएँ

झन्डै १७ वर्षअघिको कुरा हो । भक्तपुरमा धर्मसंकट फिल्मको मलाई नेपाली माया चाहिन्छ गीतको सुटिङ भइरहेको थियो । म सुटिङभन्दा अघि पर गएर एकाएक डाँकोे छोडेर रुन थालेँ । नृत्य निर्देशक वसन्त श्रेष्ठले मलाई यति सजिलो स्टेप पनि गर्न नसक्ने भन्दै थर्काउनुभएकाले म रोएकी थिएँ । म रोएकाले केहीबेर सुटिङ रोकियो । मलाई त्यतिवेला भागेर घर जाऊँजस्तो भएको थियो । तर, गइनँ । मलाई वसन्त सर र निर्माता सुनीलकुमार थापाले सम्झाउनुभयो । आफैँले बनाएको फिल्म हो, काम छोड्नुहुन्न, आफैँलाई नोक्सान हुन्छ भनेर म सम्हालिएँ ।

वसन्त सरको थर्काइले मलाई म हिरोइन भएर काम गर्न सक्दिनँ भन्ने नै लागेको थियो । त्यतिवेला मलाई मेरा लागि यो पेसा ठीक रहेनछ भन्ने पनि लाग्यो । त्यो कुरा म कहिल्यै बिर्सिन्नँ । तर, पछि गर्र्दै गएपछि भने मलाई सहज लाग्यो । तर, पनि मनमा भने म सक्दिनँ नै भन्ने लाथ्ने गर्दथ्यो ।

१२ टेक खाएँ

‘ए मेरो हजुर’ फिल्मको सुटिङका पल पनि मेरो दिमागमा यादगार छन् । त्यो ०५८ सालतिरको कुरा हो । शिव रेग्मी दाइको निर्देशनमा श्रीकृष्ण श्रेष्ठ दाइको काँधमा ढल्किएर रुनुपर्ने दृश्य थियो । पटकपटक टेक लिइयो । तर, ओके भएन । मैले १२ टेक खाएँ । रिलमा खिचिएकाले लगानी बढिरहेको थियो । शिव दाइलाई चित्त बुझेन । उहाँ रिसाउनुभयो । हाम्रो आफ्नै प्रोडक्सनमा बनेको फिल्म भए पनि निर्देशक शिव दाइलाई मेरो अभिनय चित्त बुझेन । निर्देशक, क्यामेराम्यानदेखि सबै मसँग रिसाएपछि मेरो मन दुख्यो । ग्वाँ ग्वाँ रोएँ । म रोएकाले झन्डै दुई घण्टा सुटिङ रोकियो । पछि भने कसोकसो टेक ओके भयो ।

पछि, ‘सुखदुःख’ फिल्मको एउटा गीतमा पनि त्यस्तै भयो । हेटौँडामा सुटिङ भइरहेको थियो । वसन्त श्रेष्ठले कोरियोग्राफी गरेको त्यो गीतमा म र श्रीकृष्ण दाइ नाचेका थियौँ । तर, कसैगरी पनि मैले गरेको स्टेप मिलेन । वसन्त सरले ‘हाउडी नाच्न पनि आउँदैन रु कसरी हिरोइन
हुन्छेस् रु’ भनेर कराउनुभयो । उहाँले थर्काएपछि फेरि मेरा आँखा भरिए । उहाँले तिम्रै राम्रोको लागि कराएको हो भनेर सम्झाउनुभयो । त्यसपछि भने सजिलै डान्स गरेँ ।

फिल्म छाडूँजस्तो लाग्यो

‘म तिमीविना मरिहाल्छु’ फिल्मको सुटिङ भइरहेको थियो । तीन–चार रात निरन्तर सुटिङ भइरहेकाले आराम पुगेको थिएन । फिल्मको एउटा दृश्य खिच्नु थियो । जसमा मरेकी मलाई खोलामा लगेर फाल्नुपर्ने थियो । जाडो महिना थियो । मलाई हल्का ज्वरो आइरहेको थियो । सन्चो नभएको वेलामा समेत त्यस्तो दृश्यमा अभिनय गर्नुपरेको थियो । मैले राम्ररी अभिनय गर्न सकिरहेकी थिइन“ । निर्माता, निर्देशकको प्रेसर थियो । त्यतिवेला एकाएक मलाई लाथ्यो, मलाई के नपुग्दो छ र यत्तिका दुःख गर्नू रु मलाई न पैसाको दुःख छ, न अरू केही कुराको । बिरामी भएको वेलामा पनि बेकारमा म किन यस्तो दुःख गरिरहेकी छु रु फिल्म छाडेर घर हिँड्ने सोच आयो । घर हिँड्नका लागि अघि बढी पनि सकेकी थिएँ । तर, मनमा फेरि सकारात्मक कुरा खेल्यो । फिल्मको अधिकांश दृश्य सुटिङ भइसकेको छ । आखिर मैले अहिले फिल्म छाडँ पनि भोलि काम गर्नैपर्छ । त्यसैले ज्यानले साथ दिएसम्म काम गर्छु भनेर म अडिएकी छु । कहिलेकाहीँ सन्चो नलाग्दा, मन स्थिर नभएको वेलामा त्यस्तो सोच आउने गदथ्र्यो । तर, पछि कहिल्यै पनि ‘क्विट’ गरिनँ ।

आँखा पाक्नाले फिल्म गुम्ने डर

भुवन केसी दाइले म तिमीबिना मरिहाल्छु फिल्ममा दोहोरो भूमिकामा लागि मलाई अफर गर्नुभयो । उहाँले स्क्रिप्ट सुन्न घरमा आऊ भन्नुभयो । म हतारहतार उहाँको घर पुगेँ । मलाई भुवन दाइ र सुस्मिता भाउजूले स्क्रिप्ट सुनाउनुभयो । मलाई निकै मन प¥यो । उहाँहरूले पारिश्रमिक कति लिन्छौ रु भन्नुभयो । मैले मलाई स्क्रिप्ट एकदम मन प¥यो, सित्तैमा पनि खेल्न तयार छु भनेँ । फिल्ममा अनुबन्धित भएँ ।

फिल्मको सुटिङ सुरु भयो । म बिहानै ६ बजे ट्याक्सी चढेर नयाँ बानेश्वरबाट सुटिङ स्पट महाराजगन्ज हिडेँ । जाँदै गर्दा बाटोमा एक्कासि मेरो एउटा आँखा बिजाउँदै गयो । आँखा मिच्दै स्पटमा पुगेर मेकअपमा बसिहालेँ । मेकअप गर्दागर्दै मेरो आँखाबाट तरर आँसु बग्न थाल्यो । लौन के भयो, म आत्तिएँ । त्यतिवेला आँखा पाक्ने रोग फैलिएको रहेछ । मेरो पनि आँखा पाकेर सुन्निए । अब कसरी सुटिङ गर्नू रु मलाई डर लाग्यो– अब भुवन दाइले हिरोइन चेन्ज गर्छन् । मलाई बहुत नरमाइलो लाग्यो । मैले हे भगवान् कस्तो वेलामा आखा पकायौ भनेर रुँदै भगवान् पुकारेँ । सुस्मिता भाउजू मेरो पाकेको आँखा देखेर, लौ बर्बाद भयो, अब कसरी सुटिङ गर्ने रु भन्दै तनावग्रस्त हुनुभयो । पछि उहाँहरूले एक साता सुटिङ सार्नुभयो । मेरो आँखा ठीक भएपछि सुटिङ पूरा गरेँ । त्यो फिल्म हिट भयो । त्यसबाट मैले सर्वोत्कृष्ट नायिकाको अवार्ड पनि जितेकी थिएँ ।

भ्यान दुर्घटनामा पर्‍यो

‘कहाँ छौ कहाँ’ फिल्मको सुटिङका लागि नेपालगन्ज जाने क्रममा हामी चढेको भ्यान दुर्घटनामा प¥यो । भ्यान दुई बल्ड्याङ खाएर पुलमा गएर ड्याम्म ग¥यो । मलाई लाग्यो अब पुलबाट खोलामा झर्दै छौँ, मरिने भइयो । तर, मलाई पौडिन आउने भएकाले झ्यालबाट नदीमा हामफाल्न सकेँ भने त बाँच्छु भन्ने लाग्यो । भ्यान त उत्तानो मात्र परेको रहेछ । एकाएक हामी सबै बाहिर निस्क्यौँ । क्यामेराम्यान शम्भु सापकोटा र मबाहेक सबै घाइते हुनुभयो । त्यो घटनापछि मलाई धेरै समय डर मात्रै लागिरह्यो । दुर्घटनाका कारण केही समय सुटिङ रोकियो ।

गोवामा खुट्टा मर्कियो

‘मुग्लान’ फिल्मको आज बाह्र हाते पटुकी बोलको गीतको सुटिङका लागि हामी भारतको गोवा गएका थियौँ । सुमद्र किनारामा सुटिङ भइरहेको थियो । सोही क्रममा मेरो खुट्टा चिप्लियो । म ढुंगामा बजारिएँ । अन्त कतै चोट लागेन । मेरो खुट्टा मर्किएछ । मलाई तुरुन्तै अस्पताल लगियो । डाक्टरले दुई हप्ता रेस्ट गर्नुपर्छ भने । नेपालबाट सुटिङका लागि हामी १५ जना गएका थियौँ । त्यति धेरै मान्छे गोवामा दुई सातासम्म के गरेर बस्ने रु अनावश्यक खर्च बढ्ने भयो । त्यसैले मैले नदुख्ने औषधि खाएर काम गरेँ । म एकजनाका कारणले बाँकी सबैलाई किन सास्ती दिनू रु नसकी–नसकी भए पनि नाचेँ । गीत सुपरहिट भयो । नयाँ पत्रिकाले छापेको छ ।

चार रात भुइँमा सुत्यौँ

‘ए मेरो हजुर २’को सुटिङका लागि काठमाडौंबाट चार दिनको यात्रापछि हामी तिलिचो ताल पुग्यौँ । मनाङदेखि तिलिचो तालको बेसक्याम्प पुग्न एक दिन लाग्दोरहेछ । बाटो कस्तो छ भन्ने हामीलाई थाहा थिएन । निकै दुःख भोग्नुप¥यो । गोरेटो बाटोमा एकजनाबाहेक दोस्रो मान्छे आवत–जावत गर्न नमिल्दो रहेछ । सानो बाटोमा अगाडिबाट घोडा आउने रहेछन् । हामी निकै डरायौँ । कुनामा च्यापिएर बस्दा घोडाहरू धन्न नकुल्चिकन अघि बढ्दा रहेछन् । साम्राज्ञी शाह डराएर निकै रोइन् । लाइट थिएन, मोबाइल बालेरै भए पनि रातिसम्म हिँडेर हामी बेसक्याम्प पुग्यौँ ।

हामी जानुपर्ने थियो, तिलिचो तालमा । भोलिपल्ट घन्टौँ लगाएर ठाडो उकालो पार ग¥यौँ । बहुत थाकियो । हाम्रो युनिटमा ३३ जना थियौँ । हामीले त्यहाँ चार रातसम्म बन्दागोबीको झोल, भात र चियाबहेक अरू केही खाएनौँ । त्यहाँ एउटा सानो कटेरो जस्तो थियो, सबै त्यही भुइँमा सुत्याँै । माथि त अक्सिजनको अभाव हुँदो रहेछ । मलाई सन्चो नभए पनि अरू कसैलाई केही नहोस् भन्दै कामना गरिरहेँ । धन्न कसैलाई केही भएन । अहिले सोच्छु, हामीले सँगै एकजना डाक्टर पनि लग्नुपर्ने थियो । चिसो, हाइअल्टिच्युटका कारण कोही बिरामी परेको भए के हालत हुन्थ्यो होला रु सम्झिँदा नै जिउ जिरिंग हुन्छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update