नायिका निशा अधिकारीको आक्रोस , गलत समाचार हटाउन २४ घण्टे अल्टिमेटम

shyane.com.np | 6:58 PM | 0 comments

नायिका निशा अधिकारी वैवाहिक सम्बन्धमा गासिने वित्तिकै एउटा विवादास्पद खबर सनसनी फैलियो । उनका पुर्वप्रेमीले गाडी फिर्ता गर्नु पर्यो भन्ने आशयको समाचार यतिबेला भाइरल भएको छ । खास कुरा के हो नबुझि अनलाईन साइटमा समाचार हालेको भन्दै निसाले गलत समाचार २४ घण्टा भित्र तुरुन्त हटाउन चेतावनी दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो चेतावनी दिएकी हुन् । यसबारेमा नायिका निशा अधिकारी भन्छिन्, ‘यस विषयमा बोलेर केही हुनेवाला छैन । गलत कुराको बारेमा पछि लागेर प्रष्टिकरण दिइराख्नु जरुरी ठान्दिनँ म । तर बुझेर समाचार बनाईएको भए हुने थियो । यस विषयमा यहाँ भन्दा धेरै बोल्दिनँ । जे गर्छु म आफै गर्छु ।’

नायिका निशा अधिकारीले यहि असार १६ गते क्रिकेटर सरद भेष्वाकरसंग विवाह गरेकी हुन् । यी दुईले चार वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update