बस र जीप ठोक्किँदा १ को मृत्यु, ९ घाईते

shyane.com.np | 6:52 PM | 0 comments

२९ असार, काठमाडौं । धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं.–१४ को मुजेलिया स्थित बाबा पेट्रोल पम्प नजिकै स्कुल बस र स्कारपियो ठोकिदा एक जनाको मृत्यु भएको छ ।

९ जना घाईते भएका छन् । जनकपुर–ढल्केवर सडक खण्डमा ना १ प ४८०५ नम्बरको मोनाष्टिक स्कुलको बस र जनकपुरबाट गईरहेको को १ च ८५१७ नम्बरको स्कर्पियो जीप एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सिरहाको लहान नगरपालिका वडा नं. १२ बस्ने ४० वर्षकी ललिता चौधरीको घटनास्थलमै मृत्यू भएको हो । दुर्घटनामा एमालेका पूर्व सांसद वर्ष ३० की सरिता देवी चौधरी अर्का ३० वर्षिया हरेराम यादव, ३५ वर्षिया मणि कामत, सागर देवी चौधरी, रामरती महरा र स्कारपियो चालक ३५ वर्षिया दिलिप चौधरीको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारको लागि विराटनगर न्यूरो अस्पतालमा रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए । nepaliheadlines

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update