भेडाले मान्छेजस्तो पाठो जन्माएपछि गाउँले आतंकित

shyane.com.np | 11:32 AM | 0 comments

एजेन्सी – दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र लेडी फेरेरेमा एउटा भेंडाले अनौठो पाठो जन्माएको छ । उक्त पाठोको आधा शरीर मानिसको जस्तो छ भने आधा जनावरको जस्तो भएपछि गाँउ नै आतंकित बनेका छन् । मानिसहरु त्यसलाई राक्षसको दूत भन्दै तर्सिएका छन् । मान्छे र भेंडाबीचको संसर्गका कारण यस्तो बच्चा जन्मिएको कतिपयको ठम्याई छ ।

विशेषज्ञहरुका अनुसार गर्भवती अवस्थामा भेंडालाई लामखुट्टे बाट सर्ने रिफ्ट भ्याली ज्वरो नामक रोगले संक्रमित गरेको र सोही कारण भेडाको गर्भमा रहेको बच्चामा गम्भीर असर पुग्दा त्यस्तो विकृत बच्चा जन्मिएको हुनसक्छ । विशेषज्ञहरुका अनुसार देख्दामा अलिअलि मान्छेजस्तो देखिने भएपनि त्यसमा मानिसमा हुने कुनैपनि अंग छैनन् । वैज्ञानिकका अनुसार मानिसमा २३ जोडी तथा भेडामा २६ जोडी क्रोमोजोम हुने भएकाले मानिस र भेडाबीचको संसर्गबाट गर्भ रहने कुनै सम्भावना नै हुँदैन ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update