ट्युबलाइट फ्लप भएपछि सलमानको घर पैसा माग्न पुगे वितरक

shyane.com.np | 6:57 PM | 0 comments

मुम्बइ। सलमान खानको फिल्म ट्युबलाइट फ्लप भएपछि यसका वितरकहरु सलमान खानको घर पैसा माग्न पुगेका छन् । फिल्मले उल्लेख्य कमाइ गर्न नसकेपछि यसका वितरकहरुलाई निकै ठूलो घाटा भएको छ ।

सलमानका पिता सलीम खानले वितरकको पैसा फिर्ता दिने निर्णय गरेका छन् । एक अन्तरवार्तामा सलीमले भनेका छन् ‘फिल्म अहिले चलिरहेको छ । फिल्म चल्न छोडेपछि वितरकलाई कचि नोक्सान भयो भन्ने हिसाब गरेर उनीहरुको नोक्सानको भरपाइ गरिनेछ । रिपोर्टका अनुसार सलमानले घाटाको ३० देखि ३५ प्रतिशत दिन तयार भएका छन् । यस हिसाबले उनले ५० देखि ५५ करोड वितरकलाई दिनेछन् । २३ जूनमा रिलिज भएको ट्युबलाइटले अहिलेसम्म १ सय १४ करोड कमाएको छ ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update