सर्पको डसाइबाट सातजनाको ज्यान गयो ..

shyane.com.np | 8:12 AM | 0 comments

कैलाली, १ साउन । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ ।
सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।

उनले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताए ।
कैलालीको सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २१५ जना बिरामी उपचारका लागि आएका थिए भने यस वर्ष तीन महिनाको अवधिमा ६८ जना बिरामी उपचारका लागि अस्पताल आइसकेका छन् ।

गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु भएको थियो भने यो वर्ष असारमै मृतकको संख्या सात पुगिसकेको छ । वार्ड इन्चार्ज बोहराले रातिको समयमा सर्प प्रायः आवतजावत गर्ने भएकाले त्यस समयमा बढी सावधानी अपनाउनुपर्ने र केहीगरी डसिहालेमा बिरामीलाई बढी हलचल नगराई सक्दो चाँडो अस्पताल पु¥याउनुपर्ने सुझाव दिए । रासस

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update