यस्तो अनौठो शर्त राख्दै सलमान बन्ने भए ‘रेस–३’ को हिरो

shyane.com.np | 3:54 PM | 0 comments

मुम्बइ। फिल्म रेस ३ मा सलमान खान हिरो हुने भएका छन्। तर उनले फिल्मको लागि निकै विचित्रको शर्त राखेका थिए । निर्माण पक्षले शर्त पूरा गर्ने भएपछि उनी फिल्म खेल्न राजी भएका हुन् ।

यो फिल्मका अगाडिका दुई पार्टमा सैफ अली खान मुख्य भूमिकामा थिए । फिल्मको पहिलो पर्ट २००८ मा आएको थियो । फिल्म खेल्न राजी हुनुअघि सलमानले अनौठो शर्त राखेका थिए । उनले यो फिल्मको निर्देशन रेमो डिसुजाले गर्ने भए मात्र फिल्म खेल्ने शर्त राखेको बताइएको छ ।

निर्माता रमेश तौरानीले सलमानको शर्त स्वीकार गरेको बताइएको छ । यही फिल्मका लागि रेमोले पनि आफ्नो फिल्म डान्सिङ ड्याडको काम पछि सारेका छन् । यसअघि रेसका दुवै पार्टको निर्देशन अब्बास मस्तानको जोडीले गरेका थिए । यी दुवै पार्ट निकै हिट भएका थिए । dcnepal

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update