पाल्पामा ढुङ्गामुनि लिङ्गेश्वर महादेवको आकृती भेटियो

shyane.com.np | 3:20 PM | 0 comments

पाल्पा । पाल्पा तानसेन नगरपालिका १० तेल्घामा लिङ्गेश्वर महादेवको आकृति भेटिएको छ । करिव ७० मिटरको एउटै ढुङ्गामा विभिन्न मुर्ति बनाउने क्रममा यस्तो आकृति देखिएको भालेवासलाई धार्मीक तथा पर्यटकीयस्थल बनाउदै गरेका केशव कार्कीले जानकारी दिए । ‘एउटा खस्नै लागेको ढुङ्गगा भित्र यस्तो आकृर्ति देखिएको हो’कार्कीले भने ।

तेल्घा र मदनपोखराको विचमा पर्ने भालेवास अहिले रमणीय स्थान बन्दै गएको छ । ७० मिटरको एउटै ढुङ्गामाथि विभिन्न भगवानका मुर्तिहरु निर्माण गरिएकाले बुटवल तानसेन गर्ने हजारौ यात्रुहरुको आँखा त्याहा पर्ने गरेको छ । ७० मिटरको एउटै ढुङ्गगामा ३३ कोटी देविदेउताको मुर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको कार्कीले बताए ।

हालसम्म ५ फिट अग्लो र १२ फिट लामो ढुङ्गाको हात्ती र बुढानिलकण्ठको मूर्ति निर्माण भैसकेको तथा पहिलो चरणमा १३ ओटा मूर्ति तथा आकृति निर्माण गरिने कार्कीले बताए । रातोपाटीबाट

The post पाल्पामा ढुङ्गामुनि लिङ्गेश्वर महादेवको आकृती भेटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update