अमेरिकाले जापानमा फालेको बम नपड्किएको अवस्थामा भेटियो

shyane.com.np | 4:14 PM | 0 comments

टोक्यो। जापानको फुकुसिमामा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । यो बम अमेरिकाले फालेको जापानीहरुले विश्वास गरेका छन् ।

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ । उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।

सुरुमा उक्त सङ्कास्पद बस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्तालागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् ।

उनका अनुसार काम गरिरहेका बेला मजदुरले सो वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो ।

पछि सो वस्तु बम नै हो र पुरानो हो भन्ने पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बम ८५ सेन्टिमीटर लामो छ । जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो । प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ ।

उक्त अणुउर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सञ्चालनमा छ । सो केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् ।

उक्त बम हमलाको ७२ बर्ष पूरा भएको छ । तर अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे । डिसी नेपाल

The post अमेरिकाले जापानमा फालेको बम नपड्किएको अवस्थामा भेटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update