आज घर बदल्दैछ बृहस्पति, यस्ता राशि भएका व्यक्तिलाई पीडा थपिन सक्छ

shyane.com.np | 10:33 AM | 0 comments

बृहस्पति ग्रहले करिब १३ महिनापछि आफ्नो राशि परिवर्तन गर्छ । एक वर्षसम्म कन्या राशिमा रहेको बृहस्पति गृह भदौ २७ गते (मंगलवार) देखि आफ्नो घर बदल्दै छन् । अर्थात् बृृहस्पति गृह अब तुला राशिमा प्रवेश गर्नेछन् ।

बृहस्पतिलाई राम्रो फल दिने शुभ ग्रह मानिन्छ । यो गृहले राशि परिवर्तन गर्दा नोकरी, व्यापार, घर–परिवार, सुख–शान्ति, घन–सम्पति, वैवाहिक जीवन तथा स्वाथ्यमा गहिरो असर पर्छ ।

बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिका लागि नोकरीको क्षेत्रमा नयाँ परिणाम आउने संभावना छ । नयाँ नोकरीका कैयौं अवसर आउन सक्छन् । कतिपय राशिका लागि भने ब्रहस्पतिको घर परिवर्तन प्रतिकूल बन्न सक्छ ।

मेष (अनुकूल)
बृहस्पतिले राशि परिवर्तन गर्दा मेष राशि भएका व्यक्तिका लागि राम्रो हुने छ । धेरै दिनदेखि बन्न नसकेको काम सम्पन्न हुने छ भने मुद्दा–मामलामा सफलता मिल्ने छ । साथै विद्वान व्यक्तिसँगको सम्पर्क बढ्ने छ ।

वृष (प्रतिकूल)
बृहस्पतिले राशि परिवर्तन गर्दा वृष राशि भएका व्यक्तिले भने केही पीडादायक समय झेल्नुपर्र्ने हुन्छ । खासमा आर्थिक समस्या झेल्नुपर्ने हुनसक्छ । मेहनत गरिएअनुसार कामको प्रतिफल प्राप्त हुने छैन । स्वास्थ्य सम्बन्धी समस्याले पनि पीडित भइने छ ।

मिथुन (अनुकूल)
बृहस्पतिले राशि पविर्तन गर्दा मिथुन राशि भएका व्यक्तिमा आत्मविश्वास बढ्नेछ । सबै कामहरु सफलतापूर्वक सम्पन्न हुनेछन् । सम्मान र प्रतिष्ठा मिल्ने छ । घर परिवारमा शुभ कार्य आयोजना हुने छन् ।
यो पनि पढ्नुहोस् – तपाइको आजको राशिफल / २०७४ श्रावण ३१ गते मङ्गलबार

कर्कट (अनुकूल)
ब्रहस्पतिको राशि परिवर्तन कर्कट राशि भएका व्यक्तिका लागि पनि सुखद हुने छ । पैतृक सम्पत्ति प्राप्तीसँगै नयाँ घर र सवारी साधन प्राप्त हुने संभावना छ । आकस्मिक लाभको योग भएकाले व्यवसायमा पदोन्नति हुने छ ।

सिंह (सामान्य)
सिंह राशि भएका व्यक्तिका लागि बृहस्पतिको राशि परिवर्तन सामान्य रहने छ । यो राशि भएका व्यक्तिमा आत्मविश्वास बढ्ने छ भने छोटो दूरीका यात्रामा सफलता मिल्ने छ । वैवाहिक व्यक्तिको जीवनमा खुसीको नयाँ माहोल सिर्जना हुनसक्छ । तर मानसिक रुपमा भने केही समस्या झेल्नुपर्ने हुनसक्छ । साथै स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कन्या (अनुकूल)
बृहस्पतिले राशि परिवर्तन गर्दा कन्या राशि भएका व्यक्तिलाई आर्थिक लाभ मिल्ने छ । यस्तै पारिवारिक सुख पनि प्राप्त हुने छ । मुद्दा–मामलामा सफलता मिल्ने छ ।

तुला (अनुकूल)
बृहस्पतिले राशि परिवर्तन गर्दा तुला राशि भएका व्यक्तिमा प्रसन्नता बढ्ने छ । आम्दानीका स्रोतहरु बढ्नेछन् । धार्मिक कार्यबाट लाभ प्राप्त हुने छ ।

वृश्चिक(प्रतिकूल)
बृहस्पति ग्रहको राशि परिवर्तन वृश्चिक राशि भएका व्यक्तिका लागि नराम्रो समयका रुपमा प्रतित हुने छ । यो समयमा वृश्चिक राशि भएका व्यक्तिको अन्य व्यक्तिसँगको सम्बन्धमा दरार आउन सक्छ । अन्य व्यक्तिले द्वेष भावना राख्नेछन् । आत्मविश्वासमा कमी आउने छ भने अनावश्यक खर्च बढ्ने छ ।

धनु (अनुकूल)
धनु राशि भएका व्यक्तिका लागि बृहस्पतिको राशि परिवर्तनले नयाँ उत्साह थपिने छ । विदेश तथा टाढाको भ्रमण हुने संभावना छ । कुनै प्रतियोगितामा सहभागी भए सफल भइनेछ । वैवाहिक तथा सन्तान सुख प्राप्त हुने छ ।

मकर(अनुकूल)
नयाँ व्यापारको विस्तार हुने छ । विशिष्ठ व्यक्तिसँगको सम्पर्क बढ्ने छ । व्यापार तथा नोकरीमा लाभ बढ्ने छ । पारिवारिक जीवन सुखद रहने छ ।

कुम्भ (अनुकूल)
बृहस्पति ग्रहको राशि परिवर्तन कुम्भ राशि भएका व्यक्तिका लागि भाग्यशाली सिद्ध हुनेछ । प्रचुर सफलता र सम्मान प्राप्त हुने छ । कलाको क्षेत्रमा विशेष रुची बढ्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुने छ ।

मीन (प्रतिकूल)
मानसिक चिन्ता बढ्ने छ । पारिवारिक तथा वैवाहिक सुखमा कमी आउने छ । पेट सम्बन्धी रोगले सताउने छ । बृहस्पतिको राशि परिवर्तन प्रतिकूल हुँदाहुँदै पनि तपाईलाई आकस्मिक लाभ प्राप्त हुन सक्छ । तर अचालक आर्थिक हानी पनि हुन सक्छ ।

लोकान्तर बाट

The post आज घर बदल्दैछ बृहस्पति, यस्ता राशि भएका व्यक्तिलाई पीडा थपिन सक्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update