नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट साट्न पाइने मिति तोक्यो

shyane.com.np | 4:21 PM | 0 comments

१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट साट्न पाइने मिति तोकेको छ । बैंकले यहि भदौै २८ गतेदेखि नयाँ नोट सटही गर्न सकिने जनाएको हो । राष्ट्र बैंकले ५, १०, २०, ५० र सयका नयाँ नोट भदौ २८ गतेदेखि सार्वसाधारण नागरिकले साट्न पाउने जनाएको छ ।

तोकिएका बैंकहरुबाट प्रतिब्यक्ति अधिकत्तम २० हजार सम्मका नयाँ नोट साट्न सकिने छ । राष्ट्र बैंकका शाखाहरु, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र ती बैंकका शाखा कार्यालय मार्फत नयाँ नोट साट्न सकिनेछ ।

राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी र अन्य संघसंस्थालाई भने सम्बन्धित निकायको पत्रको आधारमा नयाँ नोट राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभाग थापाथली काउन्टरबाट पर्सि २१ गते देखि ३० गते सम्म साट्न पाउने ब्यवस्था गरिएको छ ।-Nepali Headlines

The post नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट साट्न पाइने मिति तोक्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update