त्रिशुली बस दुर्घटना : मृतककाे सङ्ख्या १७ पुग्याे, १६ जना घाइते (पछिल्लाे अपडेट)

shyane.com.np | 11:41 AM | 0 comments

काठमाडाैँ ११ कार्तिक । राजविराजबाट काठमाडौं अाउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस अाज बिहान त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये ७ पुरुष, ५ महिला र ४ बालबालिका रहेका छन्।

घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुन सकेकाे छैन । अझै बसभित्र धेरै हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

The post त्रिशुली बस दुर्घटना : मृतककाे सङ्ख्या १७ पुग्याे, १६ जना घाइते (पछिल्लाे अपडेट) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update