सासूलाई बचाउन खोज्दा बुहारी पनि मारिइन्

shyane.com.np | 9:10 PM | 0 comments

वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँले दीपावलीका लागि घर सरसफाइ गर्नेक्रममा चापाकलमा पानी लिन गएकी कान्ति देवीले मोटर चलिरहेका बेला चापाकल चलाउँदा करेन्ट लागेर उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवी समेतलाई करेन्ट लागेको बताउनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगञ्जको भेडियाहीस्थित नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवैजनाको मृत्यु भएको नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । मृतक दुवैको शवपरीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । sajhasabal

The post सासूलाई बचाउन खोज्दा बुहारी पनि मारिइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update