लगातार मोबाइलमा गेम खेल्नुहुन्छ ? : चीनमा २१ वर्षीया युवती बनिन् अन्धो

shyane.com.np | 8:42 PM | 0 comments

बेइजिङ । झण्डै लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक २१ वर्षीया युवती अन्धो बनेकी छिन् ।

चीनको डोङगुआनकी ती युवतीको दाहिने आँखामा रेटिनल आर्टरी अब्सट्रक्सन भएको डाक्टरहरुले बताएका छन् ।

वु नाम गरेकी ती युवतीले गत अक्टोबर १ मा आफ्नो प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्दै गर्दा आफ्नो दाहिने आँखाबाट देख्न छाडेको थाहा पाएकी थिइन् ।

शुरुमा आँखा थाकेर यस्तो भएको भन्ने ठानेर उनी सुत्न गएकी थिइन् । तर, भोलि बिहान उठ्दासमेत उनको दाहिने आँखाको स्थिति सुधार भएन ।

त्यसपछि उनलाई आमाबाबुले तत्कालै अस्पताल लगेका थिए । त्यहाँ डाकटरहरुले उनलाई निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका थिए ।

यस्तो विशेष गरेर धेरै उमेर भएका बिरामीहरुमा देखिने गरिए पनि स्मार्टफोनको सानो स्क्रिनमा गहिरिए लगातार हेरिरहँदा वुको आँखा निकै थोकेको डाक्टरहरुले बताएका छन् ।

वुले समेत आफ्नो गल्ती स्वीकार गर्दै यसरी लामो समय मोबाइलमा आफूले बिताउन नहुने बताएकी छिन् । सामान्यतय उनी आफ्नो कामबाट फर्केर दिनको ७ देखि आठ घण्टा गेम खेल्ने गर्थिन् ।

उनी कार्यालयमा फाइनान्समा काम गर्ने भएकीले दिनभर पनि कम्प्युटरको स्क्रिनमा हेर्न बाध्य हुन्थिन् । यसले उनको आँखामा थप दबाब पथ्र्यो ।

अझ छुट्टी हुँदा त उनी दिनभर गेममा नै व्यस्त हुन्थिन् । मात्र केही घण्टाका लागि मात्र सुत्थिन् ।

‘छुट्टी भएको दिन म बिहान ६ बजे उठ्थे । त्यसपछि खाजा खाएर गेम खेल्न शुरु गरेको, म साँझ ४ बजेसम्म लगातार खेल खेल्दै बस्थेँ । त्यसपछि केही खाएर केही बेर सुतेपछि बिहान १ देखि २ बजेसम्म गेम नै खेलेर बस्थेँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त खेल रोकेर खान पनि अल्छि लाग्थ्यो ।’

चिनियाँ मिडियाका अनुसार छुट्टीमा साथीहरुसँग बाहिर घुम्न जान छाडेर उनी घरमा गेम खेल्न बस्थिन् । उनको आँखाले त्यस्तो दबाब सहन नसकेर एउटा आँखा अन्धो नै हुन पुग्यो ।

वु अझै पनि अस्पतालमा नै छिन् । डाक्टरहरु उनको उपचारमा कुनै उल्लेख्य सुधार हुन नसकेको बताइएको छ ।

वुको कथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेपछि डाक्टरहरुले लगातार ३० मिनेटदेखि १ घण्टासम्म मात्र कम्प्युटर वा स्मार्टफोनमा हेर्न सुझाव दिएका छन् । त्यसबीचमा केही मिनेटलाई अन्य ठाउँमा हेरेर आँखालाई आराम दिने वा ब्रेक लिनुपर्ने उनीहरुको भनाई छ ।ratopati

The post लगातार मोबाइलमा गेम खेल्नुहुन्छ ? : चीनमा २१ वर्षीया युवती बनिन् अन्धो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update