अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् ..

shyane.com.np | 11:11 AM | 0 comments

कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप भ्यानमा अपहरणकारीहरूले उनलाई जबरजस्ती बोकेर लग्दा उनी हारगुहार गर्दै थिइन् । ‘आमा मलाई बचाउनु….’ भन्दै आँचलले हारगुहार गरिरहँदा आमा वसुन्धरा भुसाल हवेलीभित्रबाट दौडँदै बाटोसम्म आइपुगिन् । छोरीलाई जबरजस्ती भ्यानमा हालेर लगेको देखेपछि उनी दौडँदै भ्यानलाई त पछयाइन्, तर सफल भइनन् । ‘लौ न मेरी छोरीलाई बचाउ…,’ उनी चिच्याइन् । तर उनको पुकार सुन्ने कोही थिएनन् ।

दृश्य साँच्चिकै भए पनि घटना भने वास्तविक थिएन । ‘मह सञ्चार’ ले लामो अन्तरालपछि प्रस्तुत गर्न लागेको फिल्म ‘शत्रु गते’ को सुटिङ भइरहेको थियो यहाँ । तीनपटक रिटेक लिएपछि मात्रै क्यामेरा पछिल्छिरबाट युवा निर्देशक प्रदीप भट्टराईले भने ‘ओके’ ।

आँचल र वसुन्धराको दृश्य सकिएपछि आफ्नो दृश्यको लागि हरिवंश आचार्य, पल शाह, मोहितवंश आचार्य, शिवहरि पौडयाल, नरेन्द्र कंसाकारलगायतका कलाकार तम्तयार भए । मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की पनि यो फिल्ममा हुनेछन् । मदनकृष्णको भूमिका रहेको दृश्य भने तराईमा नपरेकाले उनका यो टिममा थिएनन् । तराईको महापर्व छठको छेकोमा शुक्रबारदेखि वीरगन्ज र आसपास छायांकन भइरहेको छ । १५ दिनमा मोफसलका दृश्यहरू छायांकन गरी सक्ने लक्ष्य राखेको निर्देशक भट्टराईले जनाए । ‘वीरगन्जको छायांकन सकेपछि राजधानीको सुरु हुन्छ,’ उनले भने, ‘तराईको परिवेश चाहिएकाले हामी यता आएका हौं ।’

फिल्म पूर्णरूपमा हास्यप्रधान रहेको उनले बताए । ‘गतेहरू नै शत्रु भए केसम्म आइपर्छ भन्ने कुरालाई फिल्ममा हास्यशैलीमा प्रस्तुत गरेका छौं,’ भट्टराई भन्छन्, ‘कलाकारले दु:ख पाउँदा दर्शकले भने रमाइलो गर्छन् ।’ हरिवंश आचार्यको कथामा फिल्मको स्क्रिप्ट लेखन भने दीपकराज गिरी र निर्देशककै रहने बताइएको छ । नृत्यमा कविराज गहतराज र संगीतमा राजनराज सिवाकोटी, कालीप्रसाद बाँस्कोटा र प्रवेश मल्लिकले काम गर्नेछन् । चैत ९ गते फिल्म प्रदर्शन गर्ने लक्ष्यका साथ दू्रतगतिमा काम भइरहेको निर्देशक भट्टराईले बताए । ‘जात्रा’ पछि उनको यो दोस्रो फिल्म हो ।

फिल्म छायांकन उत्साहजनक भइरहेको उनले बताए । ‘काम गर्ने टिम मजबुत भएपछि काम गर्न सहज हुन्छ,’ उनले भने, ‘फिल्म निर्माण पनि एउटा टिम वर्क नै हो, टिम राम्रो भएपछि फिल्म पनि राम्रो बन्छ ।’ source:http://ift.tt/2lmSS4G

The post अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update