साउथका चर्चित सुपरस्टार महेश बाबु बलिउडमा डेब्यु गर्दै

shyane.com.np | 11:12 PM | 0 comments

एजेन्सी,
साउथका चर्चित सुपरस्टार तथा एक्सन छबीका रुपमा चिनिएका नायक महेश बाबु अब बलिउडमा डेब्यु गर्ने भएका छन् । उनी हाल अभिनित गर्दै गरेको नयाँ फिल्म ‘स्पाईडर’को कारण निकै चर्चामा आएका छन् । युट्युब र सामाजिक संजालमा निकै चर्चाको बिषय बनेका महेशको यो फिल्म हिन्दी भाषामा बन्ने भएको छ ।

यस फिल्मलाई निर्देशक मुरुगदासले बनाउँने घोषणा गरेका छन् । यस फिल्मलाई हिन्दी भाषाका साथै तमिल र तेलुगु भाषामा समेत निर्माण गरिने भएको छ । तमिल र तेलुगु भाषामा निर्माण हुन लागेको यस फिल्ममा भने बलिउड तथा साउथमा निकै चर्चा कमाएकी र हालै व्यस्त रहेकी नायिका राकुल प्रितले महेशका साथ जोडी बनाएर मुख्य भूमिका निर्वाह गर्न लागेकी छिन् ।

तर, हिन्दी भर्सनमा बन्न लागेको उक्त फिल्ममा भने राकुल प्रित हुने छैनन् । यस फिल्ममा नायिका को हुने छिन् भन्ने अहिले नै तय भइसकेको भने छैन् ।

The post साउथका चर्चित सुपरस्टार महेश बाबु बलिउडमा डेब्यु गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update