किन रुन्छन् मान्छे ?

shyane.com.np | 8:25 PM | 0 comments

तपाइँ किन रुनुहुन्छ, तपाइँलाई थाहा छ ? चाहे कम रुनुस् वा बढि रुनुस् तर एक न एक दिन रोएकै हुनुहुन्छ । कति मानिस कुरैकुरामा रुन्छन् भने कति मानिस फिल्म हेर्दा समेत आँशु चुहाउँछन् ।

साँच्चीकै असह्य पीडा खप्न परेर धुरुधुरु रुनेहरु पनि प्रसस्तै हुन्छन् । सबैका रुने कारणहरु अलग अलग हुनसक्छन् । उसोभए तपाइँ कस्तो खाले रुवाइको श्रेणीमा पर्नुहुन्छ त ? आखिर मानिसको आँखामा रुँदा किन आँशु आउँछ त ?

धेरै फिल्म हुन्छन् जो मानिसहरुलाई रुवाउनकै लागि बनाइएका जस्ता लाग्छन् । आमरुपमा महिलाहरु रुने कुरालाई सामान्य रुपमै लिइन्छ । तर पुरुषहरु रुनु हुँदैन भन्ने मान्यता राखिन्छ । पुरुषहरु रोएको कुरालाई नराम्रो मानिछ र यस्ता पुरुषलाई कातर भनिन्छ । तर दुनियामा अधिकांस पुरुषहरु पुरुष हुनुका बाबजुत पनि मज्जाले रुन्छन् महिलाझैँ ।

तर समग्रमा महिलाको तुलनामा पुरुषहरु कम रुन्छन् । पुरुषहरु कम रुनुको कारण के हो त रुनुका फाइदा के के छन् ? आखिर मानिस किन रुन्छ ? यी प्रश्नहरु निकै उत्सुकताले भरिएका छन् ।

मनोविज्ञ विलियम फ्रेले सन् १९८२ मा गरेको एक अनुसन्धान अनुसार महिलाहरु औषतमा महिनामा ५ भन्दा बढि पटक रुन्छन् । तर पुरुषहरु भने महिनामा औषतमा डेढ पटक भन्दा बढि रुँदैनन् । महिलाहरु एक पटकमा रुँदा ५ देखि ६ मिनेटसम्म रुन्छन् भने पुरुषहरुले रुनका लागि एक पटकमा दुइ देखि ३ मिनेट खर्चिन्छन् ।

नेदरल्याण्डका मनोवैज्ञानिक एड विंगरहोएट्सले रुने विषयमा निकै धेरै अनुसन्धान गरे । उनका अनुसार रुवाइका विषयमा महिला र पुरुषबीचको यस्तो फरकपना बचपनदेखि नै आएको हुन्छ ।

crying_tearबच्चा जन्मिनेबेला चाहे त्यो छोरा होस् वा छोरी ऊ बराबर नै रुन्छ । विज्ञहरुका अनुसार नवजात बच्चा रुनुको कारण आमालाई आफुतर्फ ध्यान केन्द्रित गराउनु हो । जन्मिनेबेला उत्तिकै रुने महिला र पुरुषहरु किन उमेर बढ्दै जाँदा धेरै र थोरै रुन्छन् त ?

यसमा समाजको फरक फरक माहोलको पनि हात हुन्छ । रुने कुरालाई खराब नमान्ने देशका मानिसहरु खुबै रुन्छन् । रुने कुरालाई नराम्रो मानिने देशका मानिसहरु पनि कम रुने गरेको पाइएको छ । अझ विंगरहोएट्सको अध्ययनले अर्को रोचक कुरा के पत्ता लगायो भन्दा गरीब भन्दा धनी देशका मानिसहरु बढि रुनेे गर्छन् ।

समाजको चरित्र मात्र होइन मानिसको रुने आनीबानीमा टेस्टेस्टेरोन नामक हर्मोनको सबैभन्दा ठूलो हात हुन्छ । प्रोस्टेट क्यान्सर भएर उपचार गराइरहेका मानिसहरु बढि रुने गर्छन् । यसको कारण के भने प्रोस्टेट क्यान्सर भएका मानिसहरुको उपचारमा प्रयोग गरिने औषधिका कारण मानिसमा टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन कम हुन्छ । यो हर्मोनको कमीले मानिस बढि रुन्चे बन्दछ ।

जीवहरुमा मानिसमात्र यस्तो जीव हो जो इमोसनल बनेर रुन्छ अर्थात् दु:ख मानेर रुन्छ । पहिले हात्ती पनि मानिसझैँ इमोसनल भएर रुने मान्यता थियो । तर अहिलेसम्म यो कुराको कुनै वैज्ञानिक प्रमाण फेला परेको छैन ।

मानिसहरु केवल दु:खमा मात्र होइन कहिलेकाहीँ बढि खुसीमा समेत इमोसनल बनेर रुने गर्छ । सायद यस्तो चरित्र अरु कुनैपनि जिवमा हुँदैन । कतिपय मानिसको मान्यता के छ भने मानिस सामाजिक प्राणी हुनुका नाताले उसले कतिपय अवस्थामा रोएरै आफ्नो अनुभुति अभिव्यक्त गर्दछ । तर यो दाबीको पनि कुनै बलियो प्रमाण भेटिएको छैन ।

विभिन्न अध्ययनका विभिन्न खाले दाबी तथा निष्कर्ष भएपनि अहिलेसम्मको साझा तथ्य के हो भने रुनुको रहस्य अहिलेसम्म पनि रहस्यमै छ । आखिर मानिस किन रुन्छ? यो कुराको गुह्य पत्ता लगाउन अझैपनि अध्ययनको खाँचो छ । सायद त्यसपछि मात्र हामीले रुनुको कारण थाहा पाउनेछौँ । तर कारण थाहा नहुन्जेल चाहेको बेला मज्जाले रुनुस् ।

रुनाले तपाइँको मन पखालिन्छ र हलुका अनुभुति हुन्छ । तर जहाँ पायो त्यहीँ र स सानो कुरामा पनि कमजोर बनेर पिच्च रुने काम चाहीँ जाति होइन है ।

The post किन रुन्छन् मान्छे ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update